• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

त्रिवि क्रिकेट मैदानमा २७ करोडमा फ्लडलाइट निर्माण हुने



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ ।

राखेपले सिनामंगल कार्यालय भएको एमएसआईपीएल–एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि जिम्मा दिएको हो ।

सो कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको ठेक्का पाएको राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको हो ।

त्रिवि मैदानमा फ्लडलाइट जडान नहुँदा रात्रिकालिन खेल गर्न सकिएको छैन । नेपाल क्रिकेट संघ (क्यान)ले फ्लडलाइट जडानका लागि सरकारसँग माग गर्दै आएको थियो ।