२८ असार २०८३, आईतवार
,
Latest
म्याक एलिस्टरको गोलमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड, जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित पूर्वप्रमुख सिंहको प्रतिमा अनावरण गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अभियन्ता माजिद अन्सारीसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि क्रिकेट मैदानमा २७ करोडमा फ्लडलाइट निर्माण हुने



file photo can
अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडानका लागि टेण्डर स्वीकृत गरेको छ ।

राखेपले सिनामंगल कार्यालय भएको एमएसआईपीएल–एएसपी पावर जेभीलाई रात्रिकालीन समयमा पनि खेल सञ्चालन गर्न मिल्ने गरी फ्लडलाइट जडानका लागि जिम्मा दिएको हो ।

सो कम्पनीले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको ठेक्का पाएको राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् मंगलबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन २०६३ अनुसार फ्लडलाइट जडानको ठेक्का पाउने कम्पनीको नाम सार्वजनिक गरेको हो ।

त्रिवि मैदानमा फ्लडलाइट जडान नहुँदा रात्रिकालिन खेल गर्न सकिएको छैन । नेपाल क्रिकेट संघ (क्यान)ले फ्लडलाइट जडानका लागि सरकारसँग माग गर्दै आएको थियो ।