७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण

सचिव अर्यालको नेतृत्वमा जाजरकोट र रूकुम पश्चिममा राहत सामग्री वितरण
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)बाँके र बर्दिया जिल्ला कमिटीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको छ ।

पार्टीका सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा कुमारी अर्यालको नेतृत्वमा पोलिट्व्युरो सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक भैरबसुन्दर श्रेष्ठ , पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, शान्ति ढकाल, मोहनमाया ढकाल र पूर्व राज्यमन्त्री विमला बिक, नेकपा (एमाले) बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति र बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठसहितको टोली जाजरकोट र रूकुम पश्चिममा पुगेर राहत वितरण गरेको हो ।

जाजरकोटमा ३५० थान ब्लाङ्केट, चारसय बोरा चामलसहित चाउचाउ, दाल र तीन लाख रुपियाँ बराबरको लत्ताकपडा राहतका रूपमा वितरण गरिएको सचिव अर्यालले जानकारी दिनुभयो ।

यस्तै, रूकुम पश्चिममा १५० थान ब्लाङ्केट, एकसय क्विन्टल चामल र केही नगद राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नगरपालिका र नेकपा (एमाले)का स्थानीय कमिटीको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको सचिव अर्यालले बताउनुभयो ।

टोलीले भूकम्पले पुर्याएको क्षतिको निरीक्षण समेत गरेको थियो । क्षतिको निरीक्षण गर्दै पीडितको घर पुनर्निर्माणका लागि एमालेले स्वयंसेवकीय भूमिका निर्वाह गर्ने प्रतिवद्वतासमेत व्यक्त गरेको सचिव उहाँले जानकारी दिनुभयो ।

यसैगरी पार्टीका केन्द्रीय सदस्य निरज अचार्य भूकम्प गएको भोलिपल्टै जाजरकोट पुगी भूकम्प पीडितको उद्धार र राहतमा निरन्तर जुट्नुभएको छ ।

यसैबीच, नेकपा (एमाले)गण्डकी प्रदेशसभाका सदस्यहरूले आफ्नो एक साताको तलब भूकम्प पीडितका लागि प्रदान गर्नुहुने भएको छ । नेकपा (एमाले)संसदीय दलको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि दुई लाख ७९ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

दलका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक रकम राहत कोषमा दाखिला गर्ने निर्णय गरेको संसदीय दलका नेता खगराज अधिकारीले जानकारी दिनुभयो ।

आफूहरूले सुरुवात गरेको र पार्टीले पनि सहयोग सङ्कलन गर्न सक्ने भएकाले तत्काललाई एक हप्ताको मात्रै पारिश्रमिक पठाउन लागेको जानकारी उहाँले दिनुभयो ।

यसैगरी, नेकपा (एमाले)बागमती प्रदेशको संसदीय दलले पनि जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ ।

भूकम्पबाट प्रभावित नागरिकलाई सहयोगार्थ पाँच लाख ७० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूको १२ दिनको तलब बापतको रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।