• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

टोटेनहमको अपराजित यात्रामा चेल्सीले लगायो ब्रेक



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि सानदार जित निकालेको छ । गएराति भएको दुई लण्डन क्लबबीचको प्रतिस्पर्धामा चेल्सीले टोटेनहमलाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । खेलमा चेल्सीका निकोलास ज्याक्सनले ह्याट्रिक समेत गरे ।

अर्कोतर्फ चेल्सीसँगको हारसँगै टोटेनहमका जारी लिगमा अपराजित यात्रा समेत समाप्त भएको छ । टोटेनहम मात्रै लिगमा अपराजित रहेको थियो ।

खेलको छैटौं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गर्दै घरेलु टोली टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफमा ७५, ९०+४ र ९०+७ औं मिनेटमा गोल गर्दै ज्याक्सनले ह्याट्रिक पूरा गरे ।

टोटेनहमका दुई खेलाडीले रातो कार्ड खान पुगेका थिए । खेलको ३३ औं मिनेटमा किस्टियन रोमेरोले तथा ५५ औं मिनेटमा डेस्टिनी उडोगीले रातो कार्ड खाएका हुन् ।

यो नतिजासँगै टोटेनहमलाई अंकतालिकामा शीर्षस्थानमा उक्लने मौका गुमेको छ । उसको ११ खेलबाट २६ अंक हुँदा एक अंक बढी रहेको म्यान्चेस्टर सिटी शीर्षस्थानमा छ । उता, चेल्सी समान खेलबाट १५ अंकका साथ १० औं स्थानमा छ ।