१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलब ३० ले बढेर एक हजार आठ सय ४७ दशमलब ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने तीन दशमलब ३३ अङ्कले उकालो लागेर तीन सय ५५ दशमलब ७३ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज बृद्धि भएको छ ।

कूल ३५ लाख ५५ हजार छ सय ७० कित्ता शेयर रु ९३ करोड ८९ लाख २९ हजार ४० मूल्यमा कारोबार भयो । कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ४३ लाख २० हजार नौ सय १० बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु पाँच करोड ६२ लाख तीन हजार एक सय १६, हाथवे इन्भेस्टमेन्ट रु तीन करोड ७८ लाख ३९ हजार छ सय ६०,हिमालय बैंक रु तीन करोड ५८ लाख ४८ हजार सात सय ५० र मञ्जुश्री फाइनान्स रु दुई करोड ३९ लाख ७२ हजार नौ सय ५७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हाथवे इन्भेस्टमेन्ट नौ दशमलब ९८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नौ दशमलब ९३, आशा लघुवित्त छ दशमलब १६,दिव्यश्वरी हाइड्रोपावर पाँच दशमलब ८८ र माई खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ८२ प्रतिशतले कमाएका छन् । यस्तै, लक्ष्मी लघुवित्त चार दशमलब २८, विन नेपाल लघुवित्त तीन दशमलब ९९, एनआइसि एशिया लघुवित्त तीन दशमलब ९१,एनआइसि एशिया ब्यालेन्स फण्ड तीन दशमलब शुन्य एक र माया खोला हाइड्रोपावरका लगानीकर्ताले दुई दशमलब ४० प्रतिशतले गुमाएका छन् । रासस