• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

आईसीसीले लगायो पाकिस्तान क्रिकेटलाई दोस्रोपटक जरिवाना



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डको सामना गरेको थियो । यस खेलमा पाकिस्तानले डीएलएस पद्धतिबाट २१ रनले जित हात पारेको थियो ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेल वर्षाले प्रभावित भएको थियो । यो खेलमा जित हासिल गरेपनि पाकिस्तानलाई ठूलो धक्का लागेको छ ।

न्युजिल्याण्डविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ गरेको भन्दै आईसीसीले पाकिस्तानलाई जरिवाना गरेको छ । आईसीसीले यो जानकारी दिएको हो ।

यो विश्वकपमा स्लो ओभर रेटका कारण पाकिस्तानलाई जरिवाना लगाइएको यो दोस्रो पटक हो । यसअघि दक्षिण अफ्रिकाविरुद्ध एम चिन्नास्वामी स्टेडियममा स्लो ओभर रेटका लागि पाकिस्तानलाई म्याच शुल्कको २० प्रतिशत रकम लिइएको थियो ।

न्युजिल्याण्ड विरुद्धको खेलमा स्लो ओभर रेटका कारण पाकिस्तानी टिमलाई ‘म्याच फी’को १० प्रतिशत जरिवाना गरिएको छ । यस खेलमा पाकिस्तानले २१ रनले जित निकाल्दै विश्वकप २०२३ को सेमिफाइनल पुग्ने आफ्नो आशा जीवित राखेको छ ।

यो जानकारी दिँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार एमिरेट्स आईसीसी एलिट प्यानल अफ म्याच रेफ्रीका रिची रिचर्डसनले बाबर आजमको नेतृत्वमा रहेको टोलीले निर्धारित समय दुई ओभर घटाएको पाएपछि जरिवाना लगाइएको थियो ।

न्युजिल्याण्ड विरुद्धको खेलमा पाकिस्तानी टिमका कप्तान बाबर आजमले बल कसलाई दिने भनेर बुझ्न सकेका थिएनन् ताकि विकेट लिन सकियोस् ।

यस अवधिमा समय खेर गएको थियो र अन्तमा पाकिस्तानी टोली पहिलो इनिङ्सको निर्धारित समयभन्दा दुई ओभर ढिलो भएको कारण केही खेलाडीलाई ३० गजको सर्कलभित्र राख्नुपरेको थियो र न्युजिल्यान्डका ब्याट्सम्यानले त्यसको फाइदा उठाए । यो पेनाल्टी यतिमै सकिएन, खेलपछि आईसीसीले उसलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना समेत गर्यो ।