२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले लगायो पाकिस्तान क्रिकेटलाई दोस्रोपटक जरिवाना



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को ३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डको सामना गरेको थियो । यस खेलमा पाकिस्तानले डीएलएस पद्धतिबाट २१ रनले जित हात पारेको थियो ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको खेल वर्षाले प्रभावित भएको थियो । यो खेलमा जित हासिल गरेपनि पाकिस्तानलाई ठूलो धक्का लागेको छ ।

न्युजिल्याण्डविरुद्धको खेलमा ‘स्लो ओभर रेट’ गरेको भन्दै आईसीसीले पाकिस्तानलाई जरिवाना गरेको छ । आईसीसीले यो जानकारी दिएको हो ।

यो विश्वकपमा स्लो ओभर रेटका कारण पाकिस्तानलाई जरिवाना लगाइएको यो दोस्रो पटक हो । यसअघि दक्षिण अफ्रिकाविरुद्ध एम चिन्नास्वामी स्टेडियममा स्लो ओभर रेटका लागि पाकिस्तानलाई म्याच शुल्कको २० प्रतिशत रकम लिइएको थियो ।

न्युजिल्याण्ड विरुद्धको खेलमा स्लो ओभर रेटका कारण पाकिस्तानी टिमलाई ‘म्याच फी’को १० प्रतिशत जरिवाना गरिएको छ । यस खेलमा पाकिस्तानले २१ रनले जित निकाल्दै विश्वकप २०२३ को सेमिफाइनल पुग्ने आफ्नो आशा जीवित राखेको छ ।

यो जानकारी दिँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार एमिरेट्स आईसीसी एलिट प्यानल अफ म्याच रेफ्रीका रिची रिचर्डसनले बाबर आजमको नेतृत्वमा रहेको टोलीले निर्धारित समय दुई ओभर घटाएको पाएपछि जरिवाना लगाइएको थियो ।

न्युजिल्याण्ड विरुद्धको खेलमा पाकिस्तानी टिमका कप्तान बाबर आजमले बल कसलाई दिने भनेर बुझ्न सकेका थिएनन् ताकि विकेट लिन सकियोस् ।

यस अवधिमा समय खेर गएको थियो र अन्तमा पाकिस्तानी टोली पहिलो इनिङ्सको निर्धारित समयभन्दा दुई ओभर ढिलो भएको कारण केही खेलाडीलाई ३० गजको सर्कलभित्र राख्नुपरेको थियो र न्युजिल्यान्डका ब्याट्सम्यानले त्यसको फाइदा उठाए । यो पेनाल्टी यतिमै सकिएन, खेलपछि आईसीसीले उसलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना समेत गर्यो ।