२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटन टाउनसँग बराबरीमा रोकियो लिभरपुल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली लुटनका लागि खेलको ८० औं मिनेटमा ताहिथ चोंगले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+५ औं मिनेटमा लुइस डियाजले गोल फर्काउँदै लिभरपुलको हार टारे ।

यो नतिजासँगै लिरपुल ११ खेलबाट २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ६ अंकसहित लुटन भने १७ औं स्थानमा छ ।