१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार नेप्से परिसूचक १७.२० अंकले उकालो लाग्यो, ७ अर्ब बढीको शेयर कारोबार



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक १७.२० अंक बढेर २ हजार ६९१.५५ विन्दुमा पुगेको हो । शेयर बजार तीन दिनपछि खुलेर ०.६४ प्रतिशत बढेर बन्द भएको छ । आइतबार घोडे जात्राको कारण उपत्यकामा गरिएको सार्वजनिक विदाका कारण बन्द भएको बजार सोमबारदेखि खुलेको हो । 

यो दिन सेन्सेटिभ इन्डेक्स ०.७९ प्रतिशत बढेर ४८०.२९ विन्दुमा पुगेको छ । यस दिन कारोबार रकम रू. ७ अर्ब ५० करोड ४७ लाख २१ हजार बराबर पुगेर १ करोड ३६ लाख ३२ हजार ८०० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ७९ हजार ७७३ पटकको व्यापारमा भएको हो ।

लघुवित्त समूहको परिसूचक सोमबार सर्वाधिक ३.६४ प्रतिशत बढेको हो । लघुवित्त समूहसँगै यो दिन बैंकिङ्गको ०.९८ प्रतिशत, विकास बैंकको १.४३ प्रतिशत, निर्जीवन बीमाको १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.२५ प्रतिशत, जीवन बीमाको १.१५ प्रतिशत र म्युचुअल फण्डको ०.१७ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले घटेको छ । व्यापारिक समूहको १.७७ प्रतिशत, जलविद्युतको १.६३ प्रतिशत, वित्तको ०.११ प्रतिशत, अन्यको १.४२ प्रतिशत र लगानी समूहको ०.३२ प्रतिशत परिसूचक घटेको छ ।

दोहोरो अंकले बढेको बजारमा पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआईसी एशिया लघुवित्तको सर्वाधिक ९.९६ प्रतिशत शेयरमूल्य बढेको छ भने महिला लघुवित्तको ९.९५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८७ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ९.८६ प्रतिशत र सिन्धु विकास बैंकको ९.८० प्रतिशत शेयरमूल्य बढेको छ । 

एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता रू. १४० ले बढेर अन्तिम मूल्य रू. १ हजार ५४५, महिला लघुवित्तको प्रतिकित्ता रू. ९२ ले बढेर अन्तिम मूल्य रू. १ हजार १७, छ्याङ्दी हाइड्रोको प्रतिकित्ता रू. २२ ले बढेर अन्तिम मूल्य रू. २४५, ज्योति लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४२ ले बढेर अन्तिम मूल्य रू. ४६८ र सिन्धु विकास बैंकको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२४ कायम भएको छ ।

यसदिन साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. ४५५ कायम भएको हो ।

सोमबार सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. २५ करोड ३ लाख ७८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ३.३८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. ९४९ कायम भएको छ । यसदिन लघुवित्त समूहका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् ।