४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

सोमबार नेप्से परिसूचक १७.२० अंकले उकालो लाग्यो, ७ अर्ब बढीको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १७.२० अंकले उकालो लाग्यो, ७ अर्ब बढीको शेयर कारोबार
अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक १७.२० अंक बढेर २ हजार ६९१.५५ विन्दुमा पुगेको हो । शेयर बजार तीन दिनपछि खुलेर ०.६४ प्रतिशत बढेर बन्द भएको छ । आइतबार घोडे जात्राको कारण उपत्यकामा गरिएको सार्वजनिक विदाका कारण बन्द भएको बजार सोमबारदेखि खुलेको हो । 

यो दिन सेन्सेटिभ इन्डेक्स ०.७९ प्रतिशत बढेर ४८०.२९ विन्दुमा पुगेको छ । यस दिन कारोबार रकम रू. ७ अर्ब ५० करोड ४७ लाख २१ हजार बराबर पुगेर १ करोड ३६ लाख ३२ हजार ८०० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ७९ हजार ७७३ पटकको व्यापारमा भएको हो ।

लघुवित्त समूहको परिसूचक सोमबार सर्वाधिक ३.६४ प्रतिशत बढेको हो । लघुवित्त समूहसँगै यो दिन बैंकिङ्गको ०.९८ प्रतिशत, विकास बैंकको १.४३ प्रतिशत, निर्जीवन बीमाको १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.२५ प्रतिशत, जीवन बीमाको १.१५ प्रतिशत र म्युचुअल फण्डको ०.१७ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले घटेको छ । व्यापारिक समूहको १.७७ प्रतिशत, जलविद्युतको १.६३ प्रतिशत, वित्तको ०.११ प्रतिशत, अन्यको १.४२ प्रतिशत र लगानी समूहको ०.३२ प्रतिशत परिसूचक घटेको छ ।

दोहोरो अंकले बढेको बजारमा पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआईसी एशिया लघुवित्तको सर्वाधिक ९.९६ प्रतिशत शेयरमूल्य बढेको छ भने महिला लघुवित्तको ९.९५ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९.८७ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ९.८६ प्रतिशत र सिन्धु विकास बैंकको ९.८० प्रतिशत शेयरमूल्य बढेको छ । 

एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता रू. १४० ले बढेर अन्तिम मूल्य रू. १ हजार ५४५, महिला लघुवित्तको प्रतिकित्ता रू. ९२ ले बढेर अन्तिम मूल्य रू. १ हजार १७, छ्याङ्दी हाइड्रोको प्रतिकित्ता रू. २२ ले बढेर अन्तिम मूल्य रू. २४५, ज्योति लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४२ ले बढेर अन्तिम मूल्य रू. ४६८ र सिन्धु विकास बैंकको प्रतिकित्ता रू. २० ले बढेर अन्तिम मूल्य रू. २२४ कायम भएको छ ।

यसदिन साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ४.४१ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. ४५५ कायम भएको हो ।

सोमबार सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. २५ करोड ३ लाख ७८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको दिन कम्पनीको शेयरमूल्य ३.३८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. ९४९ कायम भएको छ । यसदिन लघुवित्त समूहका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् ।