५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका क्रिकेटका सचिव मोहन डी सिल्भाले दिए राजीनामा



अ+ अ-

कोलम्बो । श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् ।

श्रीलङ्का क्रिकेट बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले आफूले अस्ट्रेलियाबाट आफ्नो राजीनामा पठाएको बताउनुभयो । उहाँलाई अस्ट्रेलियामा हृदयाघात भएको पत्ता लागेको थियो ।

गत साता विश्व कप आयोजक भारतसँग श्रीलङ्काको तीन सय दुई रनको शर्मनाक हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा आक्रोश व्यक्त गर्दै श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताउनुभयो । “तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

डि सिल्भाले अस्ट्रेलियामा नियमित मेडिकल जाँचका क्रममा आफूलाई हृदयाघात भएको थाहा भएको भन्दै बोर्डमा आफू निर्वाचित पदबाट राजीनामा दिने निर्णय गरेको बताउनुभयो । उहाँले आफ्नो चिकित्सा अवस्था ‘स्पष्टरूपमा क्रिकेट विवादसँग सम्बन्धित तनाव र चिन्ताका’ कारण भएको उल्लेख गर्दै परिवारले आफूलाई पदबाट राजीनामा दिन भनेको बताउनुभयो ।

बिहीबार मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो । यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो ।

शनिबार मन्त्री रणसिङ्घेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० का पूर्ण सदस्यहरूलाई पत्राचार गरेर उनीहरूको समझदारी र समर्थनका लागि आग्रह गर्नुभएको थियो । “श्रीलङ्का खेलाडीहरूको अनुशासनको मुद्दा, व्यवस्थापन भ्रष्टाचार र म्याच फिक्सिङको आरोपमा श्रीलङ्का क्रिकेट घेरिएको छ”, पत्रमा रणसिङ्घेको भनाइ उद्धृत गर्दै श्रीलङ्काली मिडियाले बताएका छन् ।

आइसिसीले राजनीतिक हस्तक्षेप भएको भन्दै बोर्डमा भएको भ्रष्टाचारको छानबिन गर्न गत महिना नियुक्त गरिएको तीन सदस्यीय प्यानल फिर्ता लिन मन्त्रीलाई बाध्य पारेको थियो ।

भारतसँगको शर्मनाक हारको व्याख्या गर्न कोचिङ स्टाफलाई बोलाइएको बोर्ड स्रोतले बताएको छ । श्रीलङ्काले सन् १९९६ यता विश्व कप जित्न सकेको छैन ।

विश्व कप विजेता कप्तान अर्जुना रणतुङ्गाका भाइ एवं अर्का क्याबिनेट मन्त्री प्रसन्ना रणतुङ्गाले अगस्टमा संसद्लाई सन् १९९६ को जीत ‘हाम्रो क्रिकेटका लागि सबैभन्दा ठूलो अभिशाप भएको’ बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “सन् १९९६ पछि क्रिकेट बोर्डमा पैसा आउन सुरु भयो र सँगै चोर्न चाहनेहरू पनि क्रिकेट बोर्डमा आए ।” रासस




भर्खरै