१० माघ २०८१, बिहीबार
,
Latest
सुप्रिम सहकारी ठगी प्रकरणः थुनछेक बहसका लागि अदालत उपस्थित भए रवि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? भरुवा बन्दुकसहित एकजना पक्राउ आफ्नो जिम्मेवारी सशक्त र प्रभावकारी बनाउन राष्ट्रपतिको स्थानीय जनप्रतिनिधिलाई सुझाव कृषि विश्वविद्यालयमा डीन नियुक्त जनताका मुद्दामा रास्वपा सशक्त रुपमा संसदमा प्रस्तुत हुन्छ: डिपी अर्याल शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’ गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कति छ कोहलीको सम्पत्ति ?



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहली आज ३५ वर्षका भएका छन् । फ्यानहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

आफ्नो विस्फोटक ब्याटिङ र ‘फुर्तिलो’का अलावा ‘किंग कोहली’ मैदानबाहिर पनि धेरै हेडलाइन बनाउँछन् । कोहली कमाईको हिसाबले पनि राजा हुन् ।

विराट कोहलीको कुल सम्पत्ति यो वर्ष १००० करोड नाघेको छ । यस्तो अवस्थामा कोहलीको जन्मदिनको अवसरमा के तपाईलाई थाहा छ कोहलीले कसरी र कहाँबाट कमाउँछन् ?

३५ वर्षीय विराट कोहलीको जन्म ५ नोभेम्बर १९८८ मा दिल्लीमा भएको थियो । किंग कोहली विश्वका उत्कृष्ट ब्याट्सम्यान मध्येका एक हुन्, जसले आफ्नो करियरमा धेरै रेकर्ड तोडेका छन् । किंग कोहलीको कुल सम्पत्ति करिब १०५० करोड रुपैयाँ छ ।

कोहलीले सन् २००८ मा भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए र त्यसबेलादेखि अहिलेसम्म तीनवटै फर्म्याटमा खेल्दै आएका छन् । एमएस धोनीको सन्यासपछि सन् २०१७ मा उनलाई भारतीय टोलीको कप्तान बनाइएको थियो । त्यसपछि पनि उनले लगातार टीम इण्डियाका लागि कीर्तिमान बनाइरहेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आफ्नो अनुबन्ध सूचीमा विराट कोहलीलाई ‘ए प्लस’ श्रेणीमा राखेको छ । उनले बोर्डबाट वार्षिक ७ करोड रुपैयाँ ठेक्का पाउँछन् । यसबाहेक बीसीसीआईले उनलाई एक टेस्ट खेलेको १५ लाख, एक एकदिवसीय खेलबापत ६ लाख र एउटा टी–२० खेलबापत ३ लाख रुपैयाँ दिनेछ ।

कोहली विज्ञापनदाताहरूको मनपर्ने व्यक्तित्व हुन् । उनले १८ वटा भन्दा बढी ब्रान्डको विज्ञापन गर्छन् । विराटले हरेक विज्ञापनको सुटिङ वापत वार्षिक ७.५० देखि १० करोड रुपैयाँ लिने गर्छन् ।

कोहलीको भारतमा धेरै विलासी सम्पत्तिहरू छन् जसमा घर र अपार्टमेन्टहरू पनि छन् । कोहलीसँग मुम्बईको वर्ली क्षेत्रमा एउटा विलासी अपार्टमेन्ट छ, जुन उनले २०१६ मा करिब ३४ करोड रुपैयाँमा किनेका थिए ।

यससँगै कोहलीसँग गुरुग्रामको पोश क्षेत्र डीएलएफ फेज–१ मा एउटा घर पनि छ, जुन उनले २०१५ मा करिब ८० करोड रुपैयाँमा किनेका थिए । विराट कोहलीलाई लक्जरी कारहरूको शौकीन मानिन्छ र पछिल्ला केही वर्षहरूमा उनले धेरै महँगो कारहरू किनेका छन् जसमा अडी R8 V10 प्लस, अडी R8 LMX, अडी A8 L, अडी Q8, अडी S5 जस्ता कारहरू छन् ।