२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोलीले आज कालो पट्टी बाँधेर खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा कालो पट्टी बाँधेर खेल्न लागेको छ ।

शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भुकम्पमा ज्यान गुमाएकाहरुको सम्मानमा नेपालले पाखुरामा  कालो पट्टी बाँधेर खेल्न लागेको हो ।  नेपालका कप्तान रोहित पौडेलले आजको खेल भुकम्प पिडितको नाममा खेलिने बताए ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै आजको खेलबाट बिक्री हुने टिकटको ५० प्रतिशत मूल्य भुकम्प प्रभावितलाई दिने घोषणा गरिसकेको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा  कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।