७ भाद्र २०८३, आईतवार
,
Latest
राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली तनहुँमा सिँचाइ र तटबन्ध निर्माणमा जोड ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छः मन्त्री रावल रेड नोटिसमा रहेका बलात्कार आरोपी ओमानबाट पक्राउ, नेपाल ल्याइयो प्रधानमन्त्रीको भ्रमणले मुस्ताङवासी उत्साहित मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौं । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले आजको टोलीमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी आज खेलेका छैनन् । उनको ठाँउमा सन्दीप जोरालाई खेलाईएको छ ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउदै विश्वकपमा पुगेका थिए ।

यसअघि भएको समूह चरणमा घरेलु टोली नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । घरेलु मैदान र दर्शकले नेपाली टोलीको मनोबल उच्च छ । नेपाल र ओमानबीच टि२० आईमाहालसम्म पाँच खेल भएका छन् । नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।