२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिकले विश्वकपका बाँकी खेलहरु गुमाउने, उनको स्थानमा भारतले कसलाई ल्यायो ?



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । भारतीय टिमका स्टार अलराउन्डर हार्दिक पाण्ड्या चोटका कारण विश्वकप २०२३ बाट बाहिरिएका छन् ।

उनको स्थानमा प्रसिद्ध कृष्णलाई भारतीय टोलीमा समावेश गरिएको छ । विश्वकपबाट बाहिरिएपछि स्टार अलराउन्डर हार्दिक पाण्ड्याको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । हार्दिकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट सेयर गर्दै आफ्नो भावना व्यक्त गरेका छन् ।

टीम इण्डियाका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा एक पोस्ट सेयर गरेका छन् र लेखेका छन् – म विश्वकपका बाँकी खेलहरूबाट बाहिर भएको तथ्यलाई पचाउन गाह्रो भएको छ । म पूर्ण जोशका साथ टोलीसँग हुनेछु र प्रत्येक खेलको प्रत्येक बलमा टोलीलाई समर्थन गर्नेछु । सबैको शुभकामना, माया र साथको लागि मेरो हृदयदेखि नै धन्यवाद । हाम्रो टोली विशेष छ र म विश्वस्त छु कि हामी सबैलाई गर्व गर्नेछौं ।’

बंगलादेश विरुद्धको खेलमा हार्दिक पाण्ड्या आफ्नो पहिलो ओभर बलिङ गर्दा घाइते भएका थिए । उक्त खेलमा उनले ३ बल मात्र बलिङ गर्न सकेका थिए । हार्दिकले ४ रन जोगाउन खुट्टाले बल रोक्न खोजेका थिए तर त्यही क्रममा बायाँ खुट्टामा चोट लागेपछि उनले खेल छाड्नुपरेको थियो ।