२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट लिङ्देनले ज्ञानेन्द्र शाहीलाई भुकम्प प्रभावित क्षेत्र जाजरकोट खटाए



अ+ अ-

काठमाडौं । राप्रपाले भुकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयमसेवकहरूको टोली खटाइएको छ।

पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहनुभएका अध्यक्ष राजेन्द्र लिङ्देनले सुदुरपश्चिम क्षेत्रका विभिन्न जिल्लामा पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई बॅाकी अन्य सबै कार्यक्रमहरू स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न निर्देशन दिनुभएपछि शाही टोली सहित जाजरकोटतर्फ प्रस्थान गरिसकेका छन्।

लिङ्देनले सबै भातृसंगठन तथा छिमेकी जिल्लाका पार्टीका सबै कार्यकर्ता साथीहरूलाई पनि उद्धार तथा राहतका कार्यमा सहभागी हुन अनुरोध गर्नुभएको छ।