• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट



कुशल भुर्तेल (तस्वीरः क्यान)

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा जारी छ ।

१३५ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ८ बलमा ११ रन जोडेर आउट भए ।

ताजा स्थितीमा नेपालले ३.२ ओभरमा १ विकेटको क्षतिमा २८ रन जोडेको छ । हाल क्रिजमा आसिफ शेख र गुलशन झा रहेका छन् ।

यो खेलको विजेताले २०२४ को टि२० विश्वकपमा स्थान बनाउनेछ ।