४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनायो । युएईका लागि यूवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, कप्तान मोहम्मद वासिमले २६, अलिशान शराफूले १६, आसिफ खानले १३ रन बनाए ।

नेपालको लागि कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यस्तै सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । गुल्शन झा र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।