४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई दियो १३५ रनको लक्ष्य



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनायो । युएईका लागि यूवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गरे । यस्तै, कप्तान मोहम्मद वासिमले २६, अलिशान शराफूले १६, आसिफ खानले १३ रन बनाए ।

नेपालको लागि कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यस्तै सन्दीप लामिछानेले ४ ओभरमा एक मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । गुल्शन झा र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।