७ पुष २०८२, सोमबार
,
Latest
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा श्रीलंकाको शर्मनाक हार, भारतसँग ३०२ रनले पराजित



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा श्रीलंकाको शर्मनाक हार भएको छ । भारतले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ५५ रनमै समेटिएको थियो ।

यो नतिजासँगै श्रीलंका विश्वकपको अर्को चरणमा प्रवेश गर्ने आशा समाप्त भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । भारतले प्रतियोगितामा अपराजित रहँदै ७ खेलबाट १४ अंक बटुलेको छ । दोस्रो स्थानको दक्षिण अफ्रिकाको ७ खेलबाट १२ अंक छ ।

श्रीलंकालाई सस्तो स्कोरमा धराशायी बनाउन भारतका तीन तिब्र गतिका बलरहरु जसप्रित बुमराह, मोहम्मद सिराज र मोहम्मद शामीले महत्वपूर्ण योगदान गरेका थिए । बुमराहले १ विकेट लिएका थिए भने मोहम्मद सिराजले ३ र मोहम्मद शामीले ५ विकेट लिएका थिए । साथै रबिन्द्र जडेजाले १ विकेट लिए ।

मोहम्मद शामीले १८ रन दिएर ५ विकेट लिएका थिए ।

यसअघि श्रीलंकाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । भारतका लागि शुभमन गिलले ९२, विराट कोहलीले ८८, श्रेयस ऐयरले ८२ तथा रबिन्द्र जडेजाले ३५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।

भारतले ८ विकेट गुमाएर ३५७ रनको विशाल स्कोर खडा गरेको थियो । श्रीलंकाली बलर दिल्सान मदुसन्काले ५ विकेट लिएका थिए ।

३५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले १२, कसुन रजिथाले १४ तथा महीश थिक्सानाले १२ रन बनाएका थिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । श्रीलंकाका पाँच खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए भने दुई खेलाडीले एकएक रन बनाएका थिए ।