२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको भाँडामा पकाएको खाना स्वास्थ्यको लागि कति उत्तम ?



अ+ अ-

काठमाडौं । माटोको भाँडामा खाना पकाउने पुरानो चलन हो । तर आधुनिक बन्ने नाममा यसको मजाक बनाउने र गरिबीको प्रतिक मान्ने गर्दा यो चलन लोप नै भइसकेको छ ।

आदिम समयका उपलब्धिहरुलाई गलत ठान्ने प्रवृत्तिले गर्दा अहिले माटोको भाँडो पूजापाठमा मात्रै प्रयोग हुने अवस्था आएको छ । तर माटोको भाँडामा खाना पाकाएर खाँदा अनेक फाइदा हुने विज्ञानले समेत प्रमाणित गरेको छ ।

त्यसो त स्टिल वा अन्य धातुको भाँडा आगोको रापले छिट्टै तात्ने र खानामा भएको पोषकतत्व नष्ट गर्ने गर्छ । त्यसको तुलनामा माटोको भाँडा निक्कै कम तात्ने र बिस्तारै पाक्ने हुँदा खानाको पोषकतत्व कायम रहन्छ । यस्तै माटाका भाँडामा प्राकृतिक रुपमा नै अल्कलाइन हुने हुँदा यसले ग्यासको समस्या समेत हल गर्ने गर्छ । विशेष गरेर माटोको भाँडामा पकाएको भातले अझ बढी फाइदा पुग्छ ।

यसमा खाना पकाउँदा बहिरबाट छुँदा पोल्ने गरी तातो हुँदैन् । यसले गर्दा चामलमा हुने काब्र्स नजल्ने र शरीरमा इन्सुलिन बनाउन सहयोग गर्ने गर्छ । यसको विपरित स्टिल वा अन्य धातुमा पकाएको खानामा कार्वोहाइड्रेट जलेर साधारण काब्र्स वा स्टार्चमा परिणत गराइदिन्छ । धातु वा चिनियाँ माटोको भाँडामा पकाएको कतिपय खाद्यपदार्थ त विष समान नै हुने गरेका छन् ।

माटोको भाँडामा पकाएको खाना लगातार केही दिन खाएपछि आफैलाई नै यसको फाइदा बारे महसुस हुन्छ । यसले रोग प्रतिरोधी क्षमता समेत बढाउने गर्छ । (एजेन्सीको सहयोगमा)