• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

दीपेन्द्रको करियरका लागि पनि उनलाई फर्काउने प्रयास भएको छ– मोन्टी देसाई



काठमाडौँ । ओमानसँगको हारपछि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले जारी आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशिया क्वालिफायरमा दीपेन्द्रसिंह ऐरीलाई खेलमा फर्काउन सबै प्रयास भइरहेको बताउनुभएको छ ।

खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक चोटग्रस्त अलराउण्डर दीपेन्द्रसिंहलाई टोलीमा फर्काउन सबै प्रयास भैइरहेको उल्लेख गर्नुभएको हो । सिंगापुरसँगको पहिलो खेल शुरु हुन लाग्दा अभ्यासका क्रममा घाइते भएका दीपेन्द्रले जारी प्रतियोगिता खेल्न पाएका छैन । उनी केही महिना टोली बाहिर रहने चर्चा पनि चलेको थियो । तर, प्रशिक्षक मोन्टीले दीपेन्द्रलाई टोलीमा फर्काउन धेरै प्रयास भइरहेको धारणा दिका हुन् ।

दीपेन्द्रले समूह ‘ए’ को अन्तिम खेलमा नेपालले ओमानसँग खेलिरहँदा पनि टियु मैदानभित्र रहेको नेटमा अभ्यास गरिरहेका थिए । त्यसैले दीपेन्द्रसिंह टोलीमा फर्कने सम्भावनाबारे प्रश्न गर्दा प्रशिक्षक देसाईले उनको करियरका लागि धेरै प्रयास भइरहेको बताउनु भयो । प्रशिक्षक देसाईले अहिले नै दीपेन्द्र खेल्न सक्छ भन्ने अवस्थामा पनि नरहेको स्पष्ट पार्नुभयो ।

प्रशिक्षक देसाईले हरेक दिन नयाँ प्रतिभा खोज्ने आशा रहने गरेको र आज विवेकको प्रदर्शनले आफूलाई धेरै मनोरञ्जन पनि लिएको धारणा दिनुभयो । त्यसैले नयाँ प्रतिभाहरू आउनु नेपाल राम्रो क्रिकेटिङ राष्ट्र रहेको प्रमाणित भएको उल्लेख गर्नुभयो ।

साथै प्रशिक्षक देसार्ईले लक्ष्य भेटाउन सक्ने खालको भएपनि सफल हुन नसकेको उल्लेख गर्दै विपक्षको बलिङ पनि राम्रो रहेको संकेत गर्नुभयो । युएर्ईसँगको सेमिफाइनलमा एक पटक फेरि धैर्यता राख्दै राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीप्रति पूर्ण विश्वास रहेको पनि बताउनु भयो । त्यसैले आजको हारमा कुनैपनि खेलाडी दोसी नरहेको भन्दै उनले खेलाडीहरूको बचाउ पनि गर्नुभयो ।