![](https://newspolar.com/wp-content/uploads/2023/03/nepal-uae-1.jpg)
काठमाडौँ । टी–२० विश्वकप क्वालिफायर सेमिफाईनल खेलमा नेपालले यूएईको सामना गर्ने भएको छ ।
नेपालले समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो।
आज भएको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले हारेर समुह उपबिजेता बनेको थियो । अर्को खेलमा हङकङलाई २२ रनले हराउँदै युएई समूह बी को विजेता बन्यो ।
नेपालले मुलपानी मैदानमा शुकबार सेमिफाइनल खेलमा युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपालले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।