काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध तीन विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै २६ रन बनाएर मेहरन खानको बलमा बोल्ड आउट भए । नेपालले यसअघि सोमपाल कामि र आसिफ शेखलाई गुमाएको थियो ।
ताजा स्थितीमा नेपालले ६ ओभरमा तीन विकेट गुमाएर ४६ रन बनाएको छ ।