२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिहरूका लागि अमेरिकी राजदूतावासको कार्यक्रम



अ+ अ-

काठमाडौ‌ । नेपालस्थित अमेरिकी राजदूतावासले अमेरिकी राष्ट्रिय अपाङ्गता रोजगार सचेतना महिनाको सम्मानमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।

उक्त कार्यक्रममा भिन्न रूपमा सक्षम युवाहरूको लागि रेज्युमे लेखन, अन्तर्वार्ता सीपहरू र अमेरिकी मिसनमा रोजगारीका अवसरहरूमा आवेदन दिनेसम्बन्धी जानकारी दिने कार्यशाला समावेश थियो। कार्यक्रममा राजदूत डिन थम्पसनले थप समावेशीताका लागि कार्यशक्ति विविधीकरणको महत्त्वमाथि पनि प्रकाश पार्नुभयो।

सो कार्यशालाको साथै दूतावासले अपाङ्गता भएका व्यक्तिहरूद्वारा निर्मित सामान तथा सेवाहरू प्रदर्शन तथा प्रवर्द्धन गर्ने मेलाको पनि आयोजना गरेको थियो।

अमेरिकी मिसन यी कार्यक्रमहरूमा विभिन्न स्थानीय संस्था र व्यक्तिहरूसँग सहकार्य गर्न र समान अवसर र विविधताको सम्मानप्रति मिसनको प्रतिबद्धतालाई अझ जोड दिन पाउँदा उत्साहित भएको दूतावासले जनाएको छ ।




भर्खरै