• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ ★   नेपाल टेलिकमले ल्यायो जिएसएम मोबाइल तथा एफटिटिएचमा आकर्षक प्याकेज ★   सोमबार सार्वजनिक बिदा ★   विश्वकपको समूह चरणमा नेपालको दुई खेल अघि डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर ★   ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार ★   राप्रपाका विभाग प्रमुखको जिम्मेवारी हेरफेर ★   गण्डकीमा फ्लोर क्रस गर्ने सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही ★   पञ्चायतका ‘रिसाहा ज्वाइँ’को वास्तविक जीवनः सैफ–करीनाको बिहेमा भाँडा माझ्ने काम गरेका थिए ★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ

सबै हिमाल आरोहणका लागि खुल्ला गरौ: राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवद्र्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताउनुभएको छ ।

पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवद्र्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने बताउनुभयो ।

उहाँले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिनुभयो ।