६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै हिमाल आरोहणका लागि खुल्ला गरौ: राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका अनगिन्ती हिमालहरूमध्ये आरोहणका लागि अनुमति नभएका हिमालहरू तत्काल खुला गर्दै प्रवद्र्धन गर्न तत्काल पहल लिन जरुरी रहेको बताउनुभएको छ ।

पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाल सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले हिमालहरूको व्यवस्थापन र प्रवद्र्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने बताउनुभयो ।

उहाँले नेपाल सरकारले २७ वटा हिमालको आरोहण अनुमति व्यवस्थापन गर्न दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवद्र्धनमा उपयोग गर्दै आएकोमा प्रशंसा गर्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसन मार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले हाम्रो पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न नेपाल सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुझाव दिनुभयो ।