२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिगलविरुद्धको मुद्दा हेर्दा हेर्दैमा, भोलि पुन: सुनुवाइ हुने



अ+ अ-

काठमाडौँ । गुण्डानाइके योगराज ढकाल उर्फ रिगलविरुद्धको रिटको सुनुवाई हेर्दा हेर्दैमा सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भइरहेको छ ।

जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले राष्ट्रपतिउपर सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिईन् ।

यसअघि उक्त मुद्दामा गत असोज २५ गतेलाई पेशी तोकिएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्ने भएर रिक्युजल घोषणा गरेका थिए ।

इजलासबाटै सुनुवाइका लागि पेशी तोकिएको उक्त रिटउपर भोलि पुन: सुनुवाइ हुनेछ ।