७ भाद्र २०८३, आईतवार
,
Latest
पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनले हङकङलाई २० रनले हरायो



Hongkong China: File photo/ CAN
अ+ अ-

काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले हङकङलाई २० रनले हराएको छ । यो हारसँगै हङकङको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

जितको लागि १ सय ४७ रनको लक्ष्य पाएको हङकङ १९.१ ओभरमा अलआउट हुँदै १ सय २६ रन बनायो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । यस्तै, जिशान अलीले २१, एजिज खानले १९ र नस्रुला रानाले १६ रन जोडे । यी बाहेक हङकङका कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बहराइनका अब्दुल मजिदले सर्वाधिक तीन विकेट लिए । यस्तै रिजवान बट र अली दाउदले समान दुई विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले १९.३ ओभरमा १ सय ४६ रनमा अल आउट भएको थियो । बहराइनको लागि इमरान अली बटले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । यस्तै, इमरान जावेद १५, हैदर अली १४ र मोहम्मद रिजवान १३ रन बनाए । बहराइनका अन्य कुनै खेलाडिले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङका लागि नस्रुला रानाले सर्वाधिक तीन विकेट लिए । एहसान खान,मोहम्मद अजिज खान र यासिम मुर्तजाले समान २ विकेट लिए ।