• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   संसद कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र हो: सभामुख घिमिरे ★   प्रचण्ड र ओलीबीचको वार्तामा रवि पनि थपिए ★   लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ ★   ‘कतिबेला बास उठ्ने हो थाहा छैन’ ★   पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल ★   नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते ★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार ★   सुदूरपश्चिमका मुख्यमन्त्रीले फुटाए चार मन्त्रालय

नेपालले मलेसियासँग खेल्दै



काठमाडौँ । नेपालले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज मंगलबार मलेसियाविरुद्ध खेल्दैछ ।

नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’को यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित हात पारेको थियो ।

प्रतियोगिताको दोस्रो दिन पनि कुल चार खेल हुनेछन् । कीर्तिपुरमा हुने पहिलो खेलमा सिंगापुर र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलो खेलमा बहराइन र हङकङबीच प्रतिस्पर्धा हुनेछ । मूलपानीको दोस्रो खेलमा कुवेत र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्नेछन् ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् ।

यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

अङ्क तालिकामा समूह ‘ए’ मा एक/एक जितका साथ नेपाल पहिलो र ओमान दोस्रो स्थानमा छन् भने मलेसिया र सिंगापुर क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

समूह ‘बी’ मा एक/एक जीतका साथ हङकङ र यूएई क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् भने हारसँगै बहराइन र कुबेत क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।