९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुमा हिमपातः तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध



अ+ अ-

सोलुखुम्बु । भारी हिमपातका कारण सिद्विचरण राजमार्ग  अवरुद्ध बनेको छ । गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो । सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ । सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको  जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक कृष्ण कटुवालले जानकारी दिनुभयो ।

यतायात व्यवसायी दोर्जी शेर्पाका अनुसार पत्ताले क्षेत्रका सडकमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ ।  स्थानीयवासी ङिमा ग्लाल्जेन शेर्पाका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो । यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन् ।

 सवारीसाधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रुको बिचल्लीमा परेका छन् । सवारी रोकिएसँगै खानबस्नको समेत समस्या भएको यात्रुहरूले गुनासो गरेका छन् । विशेषगरी असक्त, बालबालिका, वृद्धवृद्वा  यात्रु समस्यामा परेको बताइएको छ ।जन्तीसमेत ठाडे क्षेत्रमा रोकिएका सल्लेरीका दीपक राजभण्डारीले बताउनुभयो । आफ्ना, आफन्तसमेत जन्ती आउँदै गरेको भए पनि अहिले सडकमा जमेको हिउँका कारण सवारी सञ्चालन हुन नसक्दा बीचबाटोमै रोकिएको उहाँको भनाइ छ ।

काठमाडौँदेखि सोलुसम्मका यात्रामा शुक्रबार नै निस्केको भए पनि ओखलढुङ्गाको टोट्केमै रोकिएर बस्नुपरेको  दीपक केसीले बताउनुभयो । हिमपात भएको बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कटवालले जानकारी दिनुभयो । सडकमा हिउँ जम्ने र भौगोलिक अवस्थाका कारण दुर्घटनाको जोखिम हुने भएकाले यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कन उहाँले आग्रह समेत गर्नुभयो । आज दिउँसोसम्ममा सडक सुचारु गराउन  प्रयास सडक डिभिजन कार्यालयले जनाएको छ ।