काठमाडौं: नेपाली क्रिकेट टिमका उत्कृष्ट लेग स्पिनर सन्दीप लामिछानेले भोलि (सोमबार)को खेलका बारेमा आफ्ना धारणा राख्न खेल समर्थकहरु (फ्यान) लाई आग्रह गरेका छन् ।
आइसिसी पुरुष टी–२० विश्वकपका लागि एसियाली क्वालिफायर अन्तर्गत समूह ए मा रहेको नेपालले सोमबार सिंगापुर विरुद्ध खेल्दैछ । उक्त खेल बिहान ९ बजे सुरु हुनेछ ।
भोलि नै युएई र बहराइन, ओमान र मलेसिया तथा हङकङ र कुवेत बीच खेल हुनेछन् ।
समूह ए मा नेपाल सहित सिंगापुर, ओमान र मलेसिया रहेका छन् ।
सन्दीपले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “भोलिदेखि सुरु हुने टी२० वर्ल्डकप क्वालिफायरप्रति तपाइँ रोमाञ्चित हुनुहुन्छ भने मेरो पोस्टको कमेन्ट बक्समा लेख्नुहोस् ।”
नेपाली टिमका कप्तान रोहित पौडेलले पनि नेपाली टिममा सन्दीप समावेश भएपछि टिम बढी सन्तुलित र बलियो भएको प्रतिक्रिया दिएका छन् ।