• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो ★   मानव तस्करीमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ ★   भारतीय मुलका क्रिकेटरलाई बलात्कार मुद्दामा सफाइ, अस्ट्रेलियाली महिलाले आरोप लगाएकी थिइन् ★   यी चीजहरू उपहारको रूपमा दिनाले सम्बन्धमा खटपट आउँछ ★   साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी राष्ट्रपति पौडेल ★   के हो ‘स्लीप डिभोर्स’, सम्बन्धमा राम्रो कि नराम्रो ? ★   वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु ★   चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द ★   सुनकोशी–मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास ★   जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री यादबको गुनासो: सरकारले नै पार्टी फुटायो

फ्यानसँग सन्दीपको आग्रह : नेपालको पक्षमा के भन्नुहुन्छ ?



काठमाडौं: नेपाली क्रिकेट टिमका उत्कृष्ट लेग स्पिनर सन्दीप लामिछानेले भोलि (सोमबार)को खेलका बारेमा आफ्ना धारणा राख्न खेल समर्थकहरु (फ्यान) लाई आग्रह गरेका छन् ।

आइसिसी पुरुष टी–२० विश्वकपका लागि एसियाली क्वालिफायर अन्तर्गत समूह ए मा रहेको नेपालले सोमबार सिंगापुर विरुद्ध खेल्दैछ । उक्त खेल बिहान ९ बजे सुरु हुनेछ ।
भोलि नै युएई र बहराइन, ओमान र मलेसिया तथा हङकङ र कुवेत बीच खेल हुनेछन् ।

समूह ए मा नेपाल सहित सिंगापुर, ओमान र मलेसिया रहेका छन् ।

सन्दीपले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “भोलिदेखि सुरु हुने टी२० वर्ल्डकप क्वालिफायरप्रति तपाइँ रोमाञ्चित हुनुहुन्छ भने मेरो पोस्टको कमेन्ट बक्समा लेख्नुहोस् ।”

नेपाली टिमका कप्तान रोहित पौडेलले पनि नेपाली टिममा सन्दीप समावेश भएपछि टिम बढी सन्तुलित र बलियो भएको प्रतिक्रिया दिएका छन् ।