• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ

भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना



ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेल पूर्णरुपमा स्वस्थ भई किस्ट मेडिकल कलेज शिक्षण अस्पतालबाट २१ दिनपछि आइतबार डिस्चार्ज भएकी छिन् ।

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ग्वार्काे ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको थियो ।

असोज २२ गतेदेखि २३ गते विहानसम्म १८ घण्टा लगाएर सोनालाई एउटा मिर्गाैला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो । मिर्गाैला दिने सोनाकी भाउजु मञ्जुकुमारी क्षेत्री जिसीले आफ्नो एउटा मिर्गाैला झिकेर दिएकी थिइन् भने सोनाका पति नीरचन्द्र भुजेलले आफ्नो कलेजोको एक टुक्रा दिएर सोनालाई दोस्रो जीवन दिएका थिए ।

यो पनि पढ्नुहोस- नेपालमै पहिलोपल्ट एकैव्यक्तिमा एकैचोटी मृर्गौला र कलेजो प्रत्यारोपण

मिर्गाैला दिने भाउजु मञ्जुकुमारी ७ दिनपछि असोज २९ गते र कलेजो दिने श्रीमान निरचन्द्र १३ दिनपछि पूर्णरुपमा स्वस्थ भई कात्तिक ५ गते सो मेडिकल कलेजबाट डिस्चार्ज भईसकेको मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताए ।

दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलोसिस गर्दै आएकी भरतपुर महानगरपालिका २६ रोदी गाउँ, दिपेन्द्रनगरकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उपचारको लागि ८ महिनाअघि सो मेडिकल कलेजमा आएकी थिइन् ।

एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको यो नै नेपालकै स्वास्थ्य क्षेत्रको पहिलो घटना भएको मेडिकल कलेजको दावी छ । तीन वर्षअघिदेखि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलोसिस गर्दै आएकी सोनाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि उनको थप स्वास्थ्य परिक्षण गर्दा कलेजोमा समेत समस्या देखिएपछि उनलाई मिर्गाैला र कलेजो प्रत्यारोपण गर्नुपरेको किस्ट अस्पतालको भनाई थियो ।

सोनालाई मिर्गाैला र कलेजो प्रत्यारोपण गर्ने कार्य किस्ट मेडिकल कलेजका वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट प्रत्यारोपणको लाइसेन्स प्राप्त कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.एकानन्द सिंह र डा.वरुण श्रेष्ठको साथै मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा.नारायण भुषाल, डा.सन्तोष क्षेत्री र डा.कश्यप दाहाल सहितको टोली सहभागी थियो ।

भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका प्रमुख प्रत्यारोपण शल्यचिकित्सक डा.निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्ली,डा. सञ्जिव अनेजा सहितका ७ जना वरिष्ठ प्रत्यारोपण विशेषज्ञको टोलीले १८ घण्टा लगाएर सम्पन्न गरेको थियो ।

२० देखि ३० लाख जनसंख्यामा अपवादको रुपमा फेला पर्ने यसप्रकारको जटिल र एकैव्यक्तिमा गरिने दोहोरो अंग प्रत्यारोपणको कार्य नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै प्रत्यारोपण टोलीका प्रमुख प्रा.डा मुकुन्दराज जोशीले किस्ट मेडिकल कलेज अब अंग प्रत्यारोपण गर्न पूर्णरुपमा सक्षम भएको बताए ।

मेडिकल कलेजले आइतबार पत्रकार सम्मेलन आयोजना गरि मिर्गाैला र कलेजो प्रत्यारोपणका विविध पक्षबारे जानकारी दिएको थियो भने दाता र ग्रहणकर्तालाई खादा र फूल दिएर सम्मान गरेको थियो ।