२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना



अ+ अ-

ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेल पूर्णरुपमा स्वस्थ भई किस्ट मेडिकल कलेज शिक्षण अस्पतालबाट २१ दिनपछि आइतबार डिस्चार्ज भएकी छिन् ।

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ग्वार्काे ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको थियो ।

असोज २२ गतेदेखि २३ गते विहानसम्म १८ घण्टा लगाएर सोनालाई एउटा मिर्गाैला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो । मिर्गाैला दिने सोनाकी भाउजु मञ्जुकुमारी क्षेत्री जिसीले आफ्नो एउटा मिर्गाैला झिकेर दिएकी थिइन् भने सोनाका पति नीरचन्द्र भुजेलले आफ्नो कलेजोको एक टुक्रा दिएर सोनालाई दोस्रो जीवन दिएका थिए ।

यो पनि पढ्नुहोस- नेपालमै पहिलोपल्ट एकैव्यक्तिमा एकैचोटी मृर्गौला र कलेजो प्रत्यारोपण

मिर्गाैला दिने भाउजु मञ्जुकुमारी ७ दिनपछि असोज २९ गते र कलेजो दिने श्रीमान निरचन्द्र १३ दिनपछि पूर्णरुपमा स्वस्थ भई कात्तिक ५ गते सो मेडिकल कलेजबाट डिस्चार्ज भईसकेको मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले बताए ।

दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलोसिस गर्दै आएकी भरतपुर महानगरपालिका २६ रोदी गाउँ, दिपेन्द्रनगरकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उपचारको लागि ८ महिनाअघि सो मेडिकल कलेजमा आएकी थिइन् ।

एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको यो नै नेपालकै स्वास्थ्य क्षेत्रको पहिलो घटना भएको मेडिकल कलेजको दावी छ । तीन वर्षअघिदेखि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलोसिस गर्दै आएकी सोनाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि उनको थप स्वास्थ्य परिक्षण गर्दा कलेजोमा समेत समस्या देखिएपछि उनलाई मिर्गाैला र कलेजो प्रत्यारोपण गर्नुपरेको किस्ट अस्पतालको भनाई थियो ।

सोनालाई मिर्गाैला र कलेजो प्रत्यारोपण गर्ने कार्य किस्ट मेडिकल कलेजका वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट प्रत्यारोपणको लाइसेन्स प्राप्त कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.एकानन्द सिंह र डा.वरुण श्रेष्ठको साथै मिर्गाैला प्रत्यारोपण विशेषज्ञ डा.नारायण भुषाल, डा.सन्तोष क्षेत्री र डा.कश्यप दाहाल सहितको टोली सहभागी थियो ।

भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका प्रमुख प्रत्यारोपण शल्यचिकित्सक डा.निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्ली,डा. सञ्जिव अनेजा सहितका ७ जना वरिष्ठ प्रत्यारोपण विशेषज्ञको टोलीले १८ घण्टा लगाएर सम्पन्न गरेको थियो ।

२० देखि ३० लाख जनसंख्यामा अपवादको रुपमा फेला पर्ने यसप्रकारको जटिल र एकैव्यक्तिमा गरिने दोहोरो अंग प्रत्यारोपणको कार्य नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै प्रत्यारोपण टोलीका प्रमुख प्रा.डा मुकुन्दराज जोशीले किस्ट मेडिकल कलेज अब अंग प्रत्यारोपण गर्न पूर्णरुपमा सक्षम भएको बताए ।

मेडिकल कलेजले आइतबार पत्रकार सम्मेलन आयोजना गरि मिर्गाैला र कलेजो प्रत्यारोपणका विविध पक्षबारे जानकारी दिएको थियो भने दाता र ग्रहणकर्तालाई खादा र फूल दिएर सम्मान गरेको थियो ।




भर्खरै