२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घ महासचिव गुटरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटरेस र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ ।

गुटरेस र परराष्ट्रमन्त्री साउदबीच सिंहदरवारस्थित परराष्ट्रमन्त्रालयमा आइतबार दिउँसो भेटवार्ता भएको हो । परराष्ट्रमन्त्रीसँगका भेटवार्तापछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि सिंहदरवारमै महासचिव गुटरेसले भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि महाहसचिव गुटरेसले आइतबार अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।

भेटवार्तापछि महासचिव गुटरेसले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आइतबार अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ ।

चारदिने औपचारिक भ्रमणका लागि गुटरेस आइतबार नेपाल आउनु भएको हो ।

तस्बिर : रत्न श्रेष्ठ/रासस

 




भर्खरै