२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप: भारतविरुद्ध इंग्ल्याण्डले टस जित्यो, पहिला फिल्डिङ गर्ने



अ+ अ-

एजेन्सी । आइसिसी विश्वकप २०२३ को २९औं खेलमा भारतविरुद्ध इंग्ल्याण्डले टस जितेको छ । लखनउको अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस जितेर इंग्ल्याण्डका कप्तान जोस बटलरले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

जारी विश्वकपमा पाँच खेल खेलिएकोमा सबै खेल जित्दै १० अंकको साथ भारत अंक तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जित्दै भारत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । यता, साविक विजेता इंग्ल्याण्ड भने पाँच खेलमा एकमा जित र चारमा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।

भारत–इङ्गल्याण्डः एकदिवसीयमा हेड-टू-हेड

भारत र इंग्ल्याण्ड यसअघि १०६ एकदिवसीय खेल खेलिसकेका छन् । जसमा भारतले ५७ खेल जितेको छ भने इंग्ल्यान्डले ४४ खेल जितेको छ। तीन खेल नतिजाविना सकिएका छन् भने दुई खेलमा बराबरी भएको छ।

एकदिवसीय विश्वकपमा भारत र इंग्ल्याण्डबीचको खेल सधैं रोमाञ्चक हुने गरेको छ । आठ खेलमध्ये इङ्ल्यान्डले चार खेल जितेको छ भने भारतले तीन खेल जितेको छ । एउटा खेल भने नतिजाविहीन भएको छ।

भारतको प्लेइङ इलेवन

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेट किपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सिराज ।

इंग्ल्याण्डको  प्लेइङ इलेवन

डेविड मलान, जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्स, जोस बटलर (कप्तान र विकेट किपर), मोइन अली, लियाम लिभिङस्टोन, क्रिस वोक्स, डेभिड विली, मार्क वुड, आदिल रसिद।