• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर

आइसिसी विश्वकप: भारतविरुद्ध इंग्ल्याण्डले टस जित्यो, पहिला फिल्डिङ गर्ने



एजेन्सी । आइसिसी विश्वकप २०२३ को २९औं खेलमा भारतविरुद्ध इंग्ल्याण्डले टस जितेको छ । लखनउको अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस जितेर इंग्ल्याण्डका कप्तान जोस बटलरले पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

जारी विश्वकपमा पाँच खेल खेलिएकोमा सबै खेल जित्दै १० अंकको साथ भारत अंक तालिकाको दोस्रो स्थानमा छ । आजको खेल जित्दै भारत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । यता, साविक विजेता इंग्ल्याण्ड भने पाँच खेलमा एकमा जित र चारमा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।

भारत–इङ्गल्याण्डः एकदिवसीयमा हेड-टू-हेड

भारत र इंग्ल्याण्ड यसअघि १०६ एकदिवसीय खेल खेलिसकेका छन् । जसमा भारतले ५७ खेल जितेको छ भने इंग्ल्यान्डले ४४ खेल जितेको छ। तीन खेल नतिजाविना सकिएका छन् भने दुई खेलमा बराबरी भएको छ।

एकदिवसीय विश्वकपमा भारत र इंग्ल्याण्डबीचको खेल सधैं रोमाञ्चक हुने गरेको छ । आठ खेलमध्ये इङ्ल्यान्डले चार खेल जितेको छ भने भारतले तीन खेल जितेको छ । एउटा खेल भने नतिजाविहीन भएको छ।

भारतको प्लेइङ इलेवन

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेट किपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद सिराज ।

इंग्ल्याण्डको  प्लेइङ इलेवन

डेविड मलान, जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्स, जोस बटलर (कप्तान र विकेट किपर), मोइन अली, लियाम लिभिङस्टोन, क्रिस वोक्स, डेभिड विली, मार्क वुड, आदिल रसिद।