२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैँया नोक्सान भइरहेको छ- प्रधानमन्त्री ओली (भिडियो सहित)

अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैँया नोक्सान भइरहेको छ- प्रधानमन्त्री ओली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा भइरहेको ढिलाई सैह्य नहुने बताउनुभएको छ । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताउनुभएको हो । 

अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैँया नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफुले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाई गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुची बढाउनुपर्ने जस्तो देखेको छु । अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुनेगरी उत्पादन भएको भएपनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताउनुभयो । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकार लागेको पनि बताउनुभयो । नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उहाँको जोड छ । दुई÷तीन वर्ष भित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्नेगरी काम अगाडी बढाएको पनि बताउनुभयो । विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अलिकति हाम्रो आनिबानीमा सुधार गर्नुपर्ने छ । खाद्यबस्तु हामीलाई पुग्नेगरी हाम्रो देशमा उत्पादन छ तर हाम्रो गलत बानिका कारणले खाद्यवस्तु हामीलाई पुगिराखेको छैन । खाद्यान्न पुग्या छैन । खाद्य सामाग्री पुग्या छैन । अलिकति हाम्रा आनिबानी परिवर्तन ग¥यौँ भने हामीलाई ति कुराहरुपनि पुग्छ । हामी भूमिलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा हामीले भूमि आयोग निर्माण गरेका छौँ । त्यसले अब जमिन एकातिर, धनी पुर्जा एकातिर, बसोबास एकातिर यसप्रकारको स्थितिलाई अन्त्य गरेर त्यसले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या, देखिने अनेक प्रकारका समस्याहरु जो भूमि सम्बन्धी समस्याहरु छन् तिनीहरुलाई समाधान गर्न कम्मर कसेर लागेको छ ।

अर्को भूमि आयोगले काम अगाडी बढाउने छ । कृषिको आधुनिकिकरणको सम्बन्धमा हामीले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम त्यस अन्र्तगत अनेक सुपरजोन, जोन, पकेट आदी यस्ता क्षेत्र तोकेरै एउटा ड्राइभ गर्न खोजेका छौँ । माछा, मासु, दुध, अण्डामा आत्मनिर्भर भइसक्याछौँ । अलिकती ध्यान पुर्‍याए सागसब्जीमा आत्मनिर्भर हुन सक्छौँ । खाद्यवस्तुमा सम्पूर्ण रुपमा आत्मनिर्भर हुन सक्छौँ । त्यस दिशामा हामी तत्काल जान जरुरी छ । हाम्रो जस्तो उर्वर देश, हाम्रो जस्तो जमिन यस्तो मेहनती देश खान लाउन पनि नपुग्ने हाम्रो उत्पादन हुन सक्छ ? यो अत्यन्तै हाम्रो निम्ति अशोभनीय । हाम्रो निम्ति सुहाउँदै नसुहाउने कुरा हो । त्यसकारण यो नसुहाउने कुरा हामीले अन्त्य गर्नुपर्दछ ।

हामी खाद्यान्न, खाद्यवस्तुका निर्यातक देश हुनुपर्दछ । आयातक होइन । हामीले आयात गर्ने कुरा केही वर्ष भित्र छोटो अवधिमै अन्त्य गर्नुपर्दछ । मैले दुईतीन वर्ष भित्रै यी कुराहरुलाई अन्त्य गर्ने सोचिरहेको छु । यस अनुसार काम हामी विभिन्न ढङ्गले गरिरहेका छौँ । हाम्रो व्यापार असन्तुलन जो भयावह छ । त्यसलाई विगत केही वर्षदेखि क्रमशः घटाउँदै आएका छौँ र हरेक वर्ष ग्यापलाई अलिक न्यारोडाउन गर्ने काम गर्दै आएका छौँ । अब व्यापार असन्तुलनलाई थप असन्तुलन हुन दिदैनौँ हामी । त्यसलाई सन्तुलनतिर लैजान्छौँ ।’

प्रधानमन्त्री ओलीले अन्य कुराहरुमा निर्यातमा जोड दिएपनि लगानी र प्रविधि भने आयत गर्ने बताउनुभयो । कृषिको क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उहाँले कृषिको आधुनिकिकरण र व्यवसायिकरणमार्फत आत्मनिर्भर हुन जोड दिनुभयो । उहाँले भन्नुभयो ‘हामी लगानी आमन्त्रण गर्छौ । टेक्नोलोजी पनि हामी ल्याउँछौँ । अरु कुराहरु हामी धेरै आयातमा रुची राख्दैनौँ तर अहिलेसम्म हाम्रो आयात यतिधेरै छ कि आत्मनिर्भरतातर्फ हामीले जानुपर्ने छ । यस सन्दर्भमा हामी कमसेकम कृषिको क्षेत्रमा, जमिनको उपयोगको क्षेत्रमा यी क्षेत्रहरुमा आत्मनिर्भर हुन सक्यौँ भने आत्मनिर्भरताको सुरुवात अरु क्षेत्रहरुमा पनि हुन्छ । कृषिको आधुनिकिकरण भयो भने, कृषिको व्यवसायिकरण भयो भने त्यसले साइडमा कृषि आधारित उद्योगहरुपनि खोल्छ । साना, मझौला, घरेलु उद्योगहरु खुल्छ । प्रशोधन उद्योगहरु खुल्छ । चिस्यानका सेन्टरहरु खुल्छ । कामको अवसर थप सृजना गर्छ ।

यसको असर उत्पादन र उत्पादन वृद्धिमा मात्रै हुँदैन । सेवा प्राप्त गर्ने वा सेवा उपलब्ध गराउने, सेवा प्रदायकको सजिलोका लागि मात्रै होइन उत्पादन उपादकत्व वृद्धि र ठुलो मात्रामा उत्पादन वृद्धि गर्ने । त्यतापट्टि अब देश जादैछ । त्यहाँपट्टि अब देश लान चाहीरहेका छौँ ।’ प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग र सचेत हुनका लागि सबैलाई आग्रह समेत गर्नुभयो ।