२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

शान्ति सैनिकद्वारा नागरिक–सैनिक सहकार्य निरन्तरता

शान्ति सैनिकद्वारा नागरिक–सैनिक सहकार्य निरन्तरता
अ अ+ अ-

काठमाडौ । लेवनानमा शान्तिस्थापनाका लागि तैनाथ बर्दबहादुर गणले आफ्नो कार्यक्षेत्रका वातावरण संरक्षणका लागि बिरुवा रोपणका साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।  संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेवनानमा तैनाथ शान्ति सैनिक पूर्वी क्षेत्र कमाण्डर सहायकरथी जाभेर मिरागया प्रीइटोले शुभारम्भ गर्नुभएको ‘ब्लु टु ग्रीन क्याम्पियन’ लाई उक्त गणले निरन्तरता दिइरहेको छ ।

त्यहाँ तैनाथ नेपाली सेनाको बर्दबहादुर गणले गत चैत २८ गते नगरप्रमुखको सहभागितामा माज्दल स्लिममा २५० र साक्रा नगरपालिकामा पनि विभिन्न प्रजातिका २५०  बिरुवा रोपेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 ‘लेवनान मदर्श डे’ का अवसरमा हौला नगरपालिकाका महिलालाई लक्षित गरी यसअघि सञ्चालन गरिएको कोभिड–१९ र महिला स्वास्थ्य सचेतना तालिमका सहभागिलाई गणको तर्फबाट विभिन्न स्वाथ्य सामाग्री वितरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सामाजिक कार्यमार्फत उक्त गणले सैनिक नागरिक सहकार्यलाई अघि बढाउने क्रममा  सञ्चालन गरिएको दन्त परीक्षण शिविरबाट जिम्मेवारी क्षेत्रका नागरिक लाभान्वीत भइरहेको जनाइएको छ । गणले हालको कोरोनाको महामारीमा समेत आफ्नो जिम्मेवारी क्षेत्रमा विविध सामाजिक गतिविधिलाई निरन्तरता दिएर स्थानीय निकायको मन जित्न सफल भएको सेनाले जानकारी दिएको छ ।