• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जित



एजेन्सी । आइसिसी विश्वकप २०२३ को २७औं खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ । युवा ब्याटर रचिन रविन्द्रको सानदार शतकका बाबजुद पनि न्युजिल्यान्ड अष्ट्रेलियासँग पाँच रनले पराजित भयो ।

अष्ट्रेलियाले जितको लागि दिएको ३ सय ८९ रनको विशाल लक्ष्य न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले १ सय १६ रनको शतकीय इनिङ खेले । उनले ८९ बलमा ९ चौका र ५ छक्का प्रहार गरे ।

न्युजिल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिएको थियो । मिचेल स्टार्कको पहिलो बलमा एक रन र दोस्रो बल लेग वाइको रुपमा वाइड हुँदै चौका गएपछि पाँच बलमा जितको लागि १३ रन चाहिएको थियो । पछि दुई बल बाँँकि रहँदा ७ रन चाहिँएको थियो । पाँचौं बलमा दुई रन लिनेक्रममा निसम रन आउट भएपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि ६ रन चाहिएको थियो । तर स्टार्कले डट बल फ्याँकेपछि अष्ट्रेलियाले पाँच रनको रोमान्चक जित हात पार्यो ।

न्युजिल्यान्डका निशमले ५८ रन बनाउँदा ड्यारेल मिचेलले ५४ रन बनाए । तेस्रो विकेटका लागि मिचेल र रविन्द्रले ९६ रनको साझेदारी गरेका थिए । यस्तै, ओपनर डेभन कन्वे २८, विल योंग ३२, टम लाथम २१ र ग्लेन फिलिप्सले १२ रन बनाए ।

अष्ट्रेलिया स्पिनर एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए । प्याट कमिन्स र जोश हेजलवुडले समान २ विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा अल आउट हुँदै ३ सय ८८ रन बनाएको थियो ।

अष्ट्रेलिया जितमा ट्रविस हेडले ६७ बलमा १० चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । यस्तै, डेविड वार्नरले ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रन बनाए । हेड र वार्नरले १९.१ ओभरमा १ सय ७५ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

मिचेल मार्श ३६, स्टिभ स्मिथ १८, जोश इंग्लिस ३८, प्याट कमिन्स ३७, ग्लेन म्याक्सवेल ४१ र मार्नस लाबुसेनले १८ रन बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले समान ३ विकेट लिए । यस्तै, मिचेल सान्टनारले २ विकेट लिदा जेम्श निसम र म्याट हेनरीले समान एक विकेट लिए ।

यो जितसँगै अष्ट्रेलिया ६ खेलमा ४ जित र २ हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ खेलमा ५ जित र १ हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ दोस्रो स्थानमा रहदा श्रीलंका पाँचौं, पाकिस्तान छैटौं र इंग्ल्यान्ड नवौं स्थानमा छ ।