३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा …

कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा …
अ+ अ-

फुङ्लिङ: दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसँै तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।

गत साता ईशा लिम्बू ताप्लेजुङको सदरमुकामदेखि कञ्चनजङ्घा क्षेत्र प्रस्थान गर्नुभयो । प्राकृतिक सुन्दरताको आनन्द लिदै हिमालको दृश्य अवलोकन गर्नका लागि धरानदेखि कञ्चनजङ्घा क्षेत्र आउनुभएको हो । स्नातक तहमा अध्ययनरत  उहाँले भन्नुयो, “दसैँ तिहारका लागि स्कुल बिदाको समयमा यस क्षेत्रमा घुम्न आएको हो । बिदाको समयमा कञ्चनजङ्घा क्षेत्रमा घुम्न आएको हुँ ।” लिम्बूसँगै धरान, झापा, पाँचथर जिल्लाबाट १६  आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रमा रहेको कुम्भर्कण (फक्ताङलुङ) क्षेत्रको अवलोकन गर्नु प्रस्थान गर्नुभयो ।

शन्तकुमार नेम्बाङले यस वर्षको दसैँ हिमालतिरै बिताउनुभयो । गत फूलपातीको दिन ताप्लेजुङको सदरमुकामदेखि एक टोली लिएर कञ्चनजङ्घा क्षेत्र प्रवेश गर्नुभयो । लिम्बूको टोलीले कञ्चनजङ्घा क्षेत्रमा १० दिनसम्म घुमघाम गर्ने योजना बनाएर दसैँको समय परेर पाँचथर जिल्लाबाट कञ्चनजङ्घा क्षेत्र आउनुभएको लिम्बूले बताउनुभयो । ग्रिस्टोन माउन्टेन कम्पनी काठमाडौँबाट १७ जान बाह्य पर्यटक लिएर गाइड धनकुमार राई गत टीकाको दिन कञ्चनजङ्घा प्रवेश गर्नुभयो । अहिले उहाँहरु कञ्चनजङ्घा आधार शिविर क्षेत्रतिर हुनुहुन्छ ।

कञ्चनजङ्घा क्षेत्र घुम्नका लागि अन्तरिक तथा बाह्य पर्यटक पहिलो रोजाइमा पर्दै गएको छ । दसैँको समयमा कञ्चनजङ्घा क्षेत्रमा बाह्य पर्यकको चहलपहल भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजङ्घा कञ्चनजङ्घा प्रवेशद्वारमा अवस्थित घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताउनुभयो । विश्वको तेस्रो कञ्चनजङ्घा हिमाल प्रवेशद्वार घुन्सा बस्तीमा पर्यटकको चलहलपहल बढ्दै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय घुन्सा चेकपोष्टका पर्यटन सहायक टाँसी तेन्जिङले बताउनुभयो ।

बाह्य पर्यटकले घुन्सा चेकपोष्टमा अनिवार्य आफ्नो विवरण दर्ता गर्नु पर्दछ । तर आन्तरिक पर्यटकले भने आफ्नो विवरण दर्ता गर्नु पर्दैन, त्यसैले कञ्चनजङ्घा क्षेत्रमा कति अन्तरिक पर्यटकले अवलोकन गरे भन्न तथ्याङ्क अहिलेसम्म कसैसँग छैन । तर प्रत्येक वर्ष कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक पर्यटकको पनि आगमन बढ्दै गएको पर्यटन व्यवसायीको भनाइ छ । घुन्सा चेकपोष्टका तथ्याङ्कअनुसार असोजयता अमेरिका, क्यानडा, कोरिया, जापान, फ्रान्स, जर्मनी, अस्टेलियालगायतका देशबाट तीन सय ५० जना बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा अवलोकन गर्न पुगेका छन् ।

असोज , कात्तिक र मङ्सिर गरी तीन महिना यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । विश्वको अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा अवलोकन गर्न आउने बाह्य पर्यटकको चहलपहल सुरु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएको उहाँले बताउनुभयो । मौसम खुलेपछि कञ्चनजङ्घा हिमशृङ्खला टाढैबाट मनमोहक देखिन थालेको छ । बेसक्याम्प क्षेत्र झनै सुन्दर छ । हिमाली क्षेत्रको पदयात्रा गर्ने याम सुरु भएसँगै यो क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाको प्रकोप हुनुपूर्व बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा हरेक वर्ष बढोत्तरी हुँदै गएको थियो । कोरोनाकालका केही वर्षपछि यो याममा ठूलो सङ्ख्यामा पर्यटक आइपुग्ने अपेक्षा गरिएको घुन्साका पयटन व्यावसायी पेमा शेर्पा बताउनुहुन्छ ।

विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घासँगै अन्य हिमशृङ्खला, हिमाली जनजीवन, यहाँको प्राकृतिक सौन्दर्य मनोरम छ । सुन्दर र उपयुक्त गन्तव्य हुँदाहुँदै पनि कम प्राथमिकतामा परेको कञ्चनजङ्घा अबको महत्वपूर्ण गन्तव्य हुने देखिन्छ । “घुम्न आउने सिजन सुरु भएको छ । कोरोनापछि योपल्ट धेरै पर्यटक आउने अपेक्षा स्थानीयको छ । आन्तरिक र केही विदेशी पर्यटक आउन थाल्नु भएको छ”, घुन्साका पर्यटन व्यवसायी धर्के शेर्पाले भन्नुभयो, “करिब १८–१९ दिनमा सर्किट नै पूरा गर्न सकिन्छ । घुम्ने अत्यधिक ठाउँ भएकाले यहाँ आउने पर्यटक निकै रमाउनु हुन्छ । हामी स्वागत गर्न आतुर छौँ ।”

पदयात्राका लागि यो क्षेत्र निकै महवत्पूर्ण र रोचक रहेको छ । कञ्चनजङ्घाका उत्तरी र दक्षिणी बेसक्याम्प, फक्ताङ्लुङ हिमाल यहाँको अत्यन्त महत्पूर्ण क्षेत्र हो । प्राकृतिक सौन्दर्यता, हिमाली संस्कृतिमा रमाउनका लागि महत्वपूर्ण छ । ‘कञ्चनजङ्घासहित हिमाल, यहाँको हावापानी, ताल, पोखरी, हिमाली जनजीवन मुख्य विशेषता हुन् । यस क्षेत्र जाने पर्यटकलाई लक्षित गरेर पदमार्गलाई व्यवस्थित गरिएको छ । होटल, टि हाउस भएकाले कञ्चनजङ्घा अवलोकन गर्न सहज हुने पर्यटन व्यवसायीको भनाइ छ । यस क्षेत्रमा सडक निकै टाढा भएकाले ट्रेकिङ गर्न उपयुक्त छ । विदेशीहरुले यही भएर बढी रुचाएका छन् । क्रमशः पर्यटकको वृद्धि हुने अपेक्षा कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्ले राखेको छ ।

बस्नका लागि होटल सुविधा रहेको छ । आन्तरिक पर्यटकका लागि पनि महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताउँछन् ट्रेकिङ गाइड फुङ्सो जवेगु । आन्तरिक पर्यटकलाई घुमाउन पटकपटक पुगेका उहाँ धेरै सम्भावना भए पनि केही ओझेलमा यो क्षेत्र रहेको छ ।

कञ्चनजङ्घा क्षेत्रमातर्फ उत्तरी र दक्षिणी बेसक्याम्प रहेका छन् । उत्तरतर्फ र दक्षिणतर्फ मात्र पुगेर फर्किन्छन् भने कोही सेसेले पास गरेर सर्किट गर्छन् । आठ हजार पाँच सय ८६ मिटरको हिमालको बेसक्याम्प क्षेत्र घुम्न उत्तिकै रोचक, रमाइलो, उत्सासप्रद हुन्छ । उत्तरतर्फ पाङपेमा र दक्षिण तर्फ ओक्ताङ बेस क्याम्प रहेको छ । घुन्सा र चेराम भन्ने ठाँउ जोड्ने सेलेले पास छ । यहि पास गरेर दुवै बेसक्याम्प क्षेत्र घुम्न सकिन्छ । ताप्लेजुङ सदरमुकामबाट सेकाथुमसम्म गाडीमा गएर उत्तर तर्फ यात्रा गर्न सकिन्छ । दक्षिणतर्फ याम्फूदिनसम्म गाडी पुगेको छ । यहाँबाट पदयात्रा गर्न सकिन्छ । दुवै वटा बेसक्याम्प उत्तिकै आर्कषक छन् । उत्तरतर्फ लिम्बू समुदायको पवित्र धार्मिकस्थलका रुपमा मानेको फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल पर्छ । हेर्दा निकै आकर्षक देखिने यो हिमालको महत्व निकै रहेको पाइन्छ ।

काठमाडौँदेखि टाढापर्ने, ताप्लेजुङको सुकेटारको विमानस्थलको भर नपर्ने हँुदा कम पर्यटक आएका हुन सक्छन् । कञ्चनजङ्घा हिमालका साथमा अन्य हिमशृङ्खला रहेका छन् । कञ्चजनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्ताङ्लुङ, यलुङ्काङ, काङवाचेन, किरात चुली, जोङसाङ, काब्रु, गिमीगेला, डोमा, पाथीभाराजस्ता हिमालहरु रहेका छन् । साझमा ठाँउठाँउमा हिमाल पोखरीमा टल्किन्छ ।

कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमाल हेर्नलाई अति सुन्दर छन् । बिहानदेखि साझसम्मका हिमालका बद्लिरहने हिमालका दृष्य लोभलाग्दा छन् । बाटोभरि हिमाली संस्कृति, रहनसहन देखिन्छ । हिमालको काखमा चौँरी रमाएका देखिन्छन् । हिमाललाई पृष्ठभूमि बनाएर चौँरीको तस्विर खिच्ने उत्तिकै देखिन्छन् ।रासस