२२ असार २०८३, सोमबार
,
Latest
आजको मौसमः केही स्थानमा मध्यम वर्षाको सम्भावना ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका मुख्यमन्त्री शाही संकटमा, कँडेलको कमाण्डमा कर्णाली पुग्न सक्ने



अ+ अ-

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध  मतदान गर्ने भएको छ । पार्टीले सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएपछि  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज बस्ने प्रदेश शभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले शाही बिरुद्ध मतदान गर्ने तयारी गरेको हो । ३९ सदस्य रहेको कर्णाली प्रदशेमा एमालेका २० सांसद रहेका छन् ।  

यसै गरी माओवादीसँग १२, काँग्रेससँग ६ र राप्रपासँग एकजना सांसद रहेको छ । बहुमतका लागि २० सांसद आबश्यक पर्छ जुन एमाले संग स्पष्ट रुपमा रहेको छ ।

मुख्यमन्त्री शाहीले बिश्वासको मत प्राप्त गर्न नसके नेकपा एमाले संसदीयदलका नेता कँडेललाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ  ।