• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन



काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनलाई बिहीबार हृदयघात भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै अस्पताल पुर्याए पनि शुक्रबार मध्यरात उनको निधन भएको थियो ।

६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङ गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। एक दशक चीनको प्रधानमन्त्री रहेका उनी आर्थिक सुधारवादी नेताको रुपमा छबि बनाएका थिए। राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ सीपीसीका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए। तर पछिल्लो समय राष्ट्रपति सी चिनफिङसँग उनको सम्बन्ध त्यति सुमधुर थिएन । उनी पूर्वराष्ट्रपति हु जिन्ताओ निकट मानिन्थे । गत पार्टीको कंग्रेस बैठक स्थलबाटै हु जिन्ताओलाई निकालिएको थियो ।