२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन



अ+ अ-

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनलाई बिहीबार हृदयघात भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै अस्पताल पुर्याए पनि शुक्रबार मध्यरात उनको निधन भएको थियो ।

६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङ गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए। एक दशक चीनको प्रधानमन्त्री रहेका उनी आर्थिक सुधारवादी नेताको रुपमा छबि बनाएका थिए। राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ सीपीसीका दोस्रो वरियतामा रहेका ली सांघाइमा बस्दै आएका थिए।

ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए। उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए। तर पछिल्लो समय राष्ट्रपति सी चिनफिङसँग उनको सम्बन्ध त्यति सुमधुर थिएन । उनी पूर्वराष्ट्रपति हु जिन्ताओ निकट मानिन्थे । गत पार्टीको कंग्रेस बैठक स्थलबाटै हु जिन्ताओलाई निकालिएको थियो ।