२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

माटो खन्दा सिमकोट विमानस्थल जोखिममा
फाईल फोटो
अ अ+ अ-

सिमकोट । घर लिप्ने प्रयोजनका लागि माटो खनेर ठूलो प्वाल पार्न थालेपछि जिल्लाको एक मात्र सिमकोट विमानस्थल जोखिममा परेको छ । विमानस्थलभन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खाडल बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको हो । 

निर्माणाधीन खेल मैदानको माटो लुकिछिपी खनेर सिमकोटका गाउँ र बजार क्षेत्रका बासिन्दाले लिने क्रम बढेपछि विमानस्थलको जोखिम बढ्दै गएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लागउने र भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उहाँहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको बताउनुभएका लामाले अब सुरक्षा अधिकारीसँगको सल्लाहमा माटो खन्न रोक्ने प्रतिक्रिया दिनुभयो । 

विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउनुभएका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्ने काम तत्काल रोक्नुपर्ने जानकारी दिनुभयो । “झट्ट हेर्दा सामान्यजस्तो देखिए पनि विमानस्थल जोखिममा पार्ने देखिएकाले हामीले तत्काल उक्त काम रोक्न लगाउनुपर्छ”, प्रजिअ आचार्यले भन्नुभयो, “तत्काल सिमकोट गाउँपालिका, सिमकोट विमानस्थल र प्रहरीको संयुक्त बैठक बसेर हामीले माटो झिक्ने काम रोक्न लाग्छौँ ।’’

सिमकोट खेल मैदानको माथितिरको भागको माटो खनेपछि अहिले निकै ठूला भ्वाङ पारिएको छ । वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले जानकाएको छ ।