२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले टी-२० विश्वकप छनोट खेल्ने !



file photo: can
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने घरेलु मैदानमा हुन लागेको टी-२० विश्वकप छनोट प्रतियोगितामा सहभागि हुने बताईएको छ । मुलपानि मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित रहेका सन्दीप टी-२० विश्वकप छनोटमा उपलब्ध हुने भएका हुन् ।

सन्दीपले परिवारसँग समय बिताउन चाहेको भन्दै त्रिकोणात्मक सिरिज अघि राष्ट्रिय टीमबाट नाम फिर्ता लिएका थिए । अहिले टीमले सन्दीप बिना नै सिरिज खेलिरहेको छ । अदालतमा विचाराधिन रहेको मुद्दाको कारण तनावमा रहेका सन्दीपले नेपालको लागि महत्वपूर्ण प्रतियोगितामा सहभागि होलान् कि नहोलान् भन्ने सबैमा चासोको विषय थियो । तर, क्रिकेटप्रेमी दर्शक एवं शुभचिन्तकको चाहनामा सन्दीप विश्वकप क्वालिफायर खेल्न तयार भएका बताईएको छ । यद्यपी, नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि टीम घोषणा गर्न भने बाँकी छ ।

नेपालले भोलि किर्तीपुरस्थित टियू क्रिकेट मैदानमा यूएईसँग त्रिकोणात्मक सिरिजको फाइनल खेल्दैछ । लगत्तै क्यानले सन्दीपसहित क्वालिफायरका लागि टीम घोषणा गर्ने बताईएको छ ।

आगामि जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकप २०२४को लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा हुदैछ । यही अक्टोबर ३० बाट
मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् ।

समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया रहेका छन् । यस्तै, समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । नेपालको सबै खेलहरु कीर्तिपुर मैदानमा हुनेछन् ।