२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले टी-२० विश्वकप छनोट खेल्ने !



file photo: can
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने घरेलु मैदानमा हुन लागेको टी-२० विश्वकप छनोट प्रतियोगितामा सहभागि हुने बताईएको छ । मुलपानि मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा अनुपस्थित रहेका सन्दीप टी-२० विश्वकप छनोटमा उपलब्ध हुने भएका हुन् ।

सन्दीपले परिवारसँग समय बिताउन चाहेको भन्दै त्रिकोणात्मक सिरिज अघि राष्ट्रिय टीमबाट नाम फिर्ता लिएका थिए । अहिले टीमले सन्दीप बिना नै सिरिज खेलिरहेको छ । अदालतमा विचाराधिन रहेको मुद्दाको कारण तनावमा रहेका सन्दीपले नेपालको लागि महत्वपूर्ण प्रतियोगितामा सहभागि होलान् कि नहोलान् भन्ने सबैमा चासोको विषय थियो । तर, क्रिकेटप्रेमी दर्शक एवं शुभचिन्तकको चाहनामा सन्दीप विश्वकप क्वालिफायर खेल्न तयार भएका बताईएको छ । यद्यपी, नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि टीम घोषणा गर्न भने बाँकी छ ।

नेपालले भोलि किर्तीपुरस्थित टियू क्रिकेट मैदानमा यूएईसँग त्रिकोणात्मक सिरिजको फाइनल खेल्दैछ । लगत्तै क्यानले सन्दीपसहित क्वालिफायरका लागि टीम घोषणा गर्ने बताईएको छ ।

आगामि जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकप २०२४को लागि एसिया क्षेत्रको छनोट प्रतियोगिता नेपालमा हुदैछ । यही अक्टोबर ३० बाट
मूलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टीम विश्वकपका लागि छनोट हुनेछन् ।

समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया रहेका छन् । यस्तै, समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । नेपालको सबै खेलहरु कीर्तिपुर मैदानमा हुनेछन् ।