• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

आइसिसी विश्वकपः इङल्यान्डद्वारा श्रीलंकालाई १५७ रनको सामान्य लक्ष्य



काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट अन्तर्गतको २५ औं खेलमा इङल्यान्डले श्रीलंकालाई १५७ रनको सामान्य लक्ष्य दिएको छ ।

बेंगलुरुको एम. चिन्नास्वामि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । इङल्यान्डका लागि बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । यस्तै, जोनी बेयरस्टोले ३०, डेविड मलानले २८ र डेबिड बिलेले १५ रन बनाए । यि बाहेक इङल्यान्डका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर सरवाधिक तीन विकेट लिए । यस्तै, एन्जिलो म्याथयु र कसुन रजिथाले समान २ विकेट लिदा महीश थिक्सनाले एक विकेट लिए ।