२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहलाई: शिक्षा मन्त्रालय

विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहलाई:  शिक्षा मन्त्रालय
अ अ+ अ-

 काठमाडौ । कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार स्थानीय तह तथा जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी(लाई भएको शिक्षा मन्त्रालयले बताएको छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ठाउँ विशेषको कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अथवा बन्द गर्ने भन्ने निर्णय स्थानीय तहले र डिसिसिएमसीले गर्न सक्ने बताएको छ । शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाले न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै बिहीबार स्वास्थ्य मन्त्रालयले जारी गरेको अपिलप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गरेर स्थानीय परिवेश अनुसार भौतिक रुपमा अथवा वैकल्पिक रुपमा शिक्षण जारी राख्ने निर्णय मन्त्रालयले गरिसकेको पनि उहाँले बताउनुभयो । मन्त्रालयले शिक्षण संस्थाभित्र सभा समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ । उहाँले भन्नुभयो ‘कोभिड संक्रमणको पुनः बढ्दो अवस्था छ भनेर स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरिसकेपछि हाम्रो यसमा गम्भिर ध्यानाकर्षण भएको छ ।

यस परिस्थितिमा मन्त्रालयमा हामीले शिक्षा क्षेत्रमा पर्नसक्ने विभिन्न असरहरुको बारेमा विभिन्न कोणबाट छलफल गरेका छौँ । अर्को निर्णय नभएसम्मका लागि जुन नेपाल सरकार मन्त्री परिषद्ले गर्छ । त्यस्तो अवस्थामा पनि शिक्षण सिकाईलाई निरन्तरता दिनलाई स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गरेर स्थान विशेष र जिल्ला विशेषमा जुन हाम्रो जिम्मेवारी तोकिएको छ, डिसिसिएमसी जुन छ उहाँहरुको निर्णय र स्थानीय परिवेस अनुसार, स्थानीय पालिका, स्थानीय तहहरुबाट भौतिक अथवा वैकल्पिक दुवै विधिहरुलाई जारी राख्नसक्ने हामीले निर्णय गरेका छौँ ।

तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र कुनैपनि सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कुनैपनि कार्यक्रमहरुको आयोजना नगर्नु, नगराउनुहुन हामीले सम्बन्धित सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेका छौँ ।’

विद्यालय सञ्चालन गर्दा ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ अनुरुपको सिकाईका विभिन्न विधि अवलम्वन गर्न मन्त्रालयको आग्रह छ । प्रतिकुल परिस्थितिमा पनि सिकाइलाई निरन्तरता दिन समेत मन्त्रालयले आग्रह गरेको छ । सचिव थपलियाले भन्नुभयो ‘विद्यालय सञ्चालन गर्नुपर्दा मन्त्रालयबाट जारी भएको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ छ त्यसमा विभिन्न शिक्षण सिकाइका विधि, प्रक्रियाहरुको बारेमा उल्लेख छ । त्यसको अवलम्वन गरेर, प्रतिकुल परिस्थितिमा पनि सिकाईलाई निरन्तरता दिन अभिभावक, शिक्षक, सम्बन्धित विद्यालय सबैलाई आग्रह गरेका छौँ ।’
सम्बन्धित पालिका तथा विद्यालयहरुले वैकल्पिक सिकाइको ढाँचाहरुको पालना गर्दै सिकाइलाई निरन्तरता दिनेमा शिक्षा मन्त्रालय विश्वस्त रहेको पनि सचिव थपलियाले बताउनुभयो ।