२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

“अग्रगमन”को नाममा समाजमा “विष” छर्कनेहरूलाई…



अ+ अ-

यस्ता दृष्य अन्य देशमा विरलै देखिन्छ। मैले त देखेकै छैन, जहाँ मुसलमान परिवार आफ्ना सन्तानलाई लिएर हिन्दू राजाको हातबाट टीका थाप्न आउँछन्।

राजाहरूका कमजोरी थिए। थिएनन् भनेर मैले कहिल्यै भनिन। कमजोरी नभएका संसारमा को छन्? तर राजाहरूले यो देशको एकता, शान्ति, स्थिरता, सौहार्दता र अन्तर्राष्ट्रिय सम्मानलाई साँच्चिकै बचाएर राखेका थिए। योजना र विकासका दृष्टिकोणबाट छिमेकी देशहरूभन्दा बढी गर्न नसके पनि कम गरेका थिएनन्।

हिजो राजासँग टीका लगाउन म ३ घण्टा लाइनमा उभिँदा त्यहाँ किरातदेखि, बौद्ध, मुसलमान, इसाई, हिन्दू धर्मावलम्वीसम्म र सबै जातजाती, भाषाभाषीका नेपालीहरू लाइनमा थिए। तिनको कुनै स्वार्थ थिएन। ती स्वस्फूर्त त्यहाँ भेला भएका थिए।बलेको आगो सबैले ताप्छन्। ती निभेको आगोको न्यानो खोज्दै थिए।

विश्वमैँ यस्तो अनुकरणीय देशमा एउटा राजासँगको रिस साँध्न तथाकथित अग्रगामीहरूले सिँगो देशको सुन्दर पत्र-पत्रमा विषका थोपा छर्किदिए।

अझै ती आफ्नो (कु) कर्मको औचित्य दर्शाउन खोज्दैछन्। आफ्नै आँगनमा खतराको घण्टी नबजेसम्म तिनले चेत्ने छैनन्। त्यतिबेला ढिलो भइसकेको हुनेछ।

त्यसैले समयमैँ २०४७ सालको संविधानलाई आधार बनाएर #शान्तिपूर्णसंक्रमण मार्फत राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा जाऊँ। यो देश हाम्रो विचार र हाम्रो पुस्ताको मात्र पेवा होइन।

मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।