५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

“अग्रगमन”को नाममा समाजमा “विष” छर्कनेहरूलाई…



अ+ अ-

यस्ता दृष्य अन्य देशमा विरलै देखिन्छ। मैले त देखेकै छैन, जहाँ मुसलमान परिवार आफ्ना सन्तानलाई लिएर हिन्दू राजाको हातबाट टीका थाप्न आउँछन्।

राजाहरूका कमजोरी थिए। थिएनन् भनेर मैले कहिल्यै भनिन। कमजोरी नभएका संसारमा को छन्? तर राजाहरूले यो देशको एकता, शान्ति, स्थिरता, सौहार्दता र अन्तर्राष्ट्रिय सम्मानलाई साँच्चिकै बचाएर राखेका थिए। योजना र विकासका दृष्टिकोणबाट छिमेकी देशहरूभन्दा बढी गर्न नसके पनि कम गरेका थिएनन्।

हिजो राजासँग टीका लगाउन म ३ घण्टा लाइनमा उभिँदा त्यहाँ किरातदेखि, बौद्ध, मुसलमान, इसाई, हिन्दू धर्मावलम्वीसम्म र सबै जातजाती, भाषाभाषीका नेपालीहरू लाइनमा थिए। तिनको कुनै स्वार्थ थिएन। ती स्वस्फूर्त त्यहाँ भेला भएका थिए।बलेको आगो सबैले ताप्छन्। ती निभेको आगोको न्यानो खोज्दै थिए।

विश्वमैँ यस्तो अनुकरणीय देशमा एउटा राजासँगको रिस साँध्न तथाकथित अग्रगामीहरूले सिँगो देशको सुन्दर पत्र-पत्रमा विषका थोपा छर्किदिए।

अझै ती आफ्नो (कु) कर्मको औचित्य दर्शाउन खोज्दैछन्। आफ्नै आँगनमा खतराको घण्टी नबजेसम्म तिनले चेत्ने छैनन्। त्यतिबेला ढिलो भइसकेको हुनेछ।

त्यसैले समयमैँ २०४७ सालको संविधानलाई आधार बनाएर #शान्तिपूर्णसंक्रमण मार्फत राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा जाऊँ। यो देश हाम्रो विचार र हाम्रो पुस्ताको मात्र पेवा होइन।

मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।