३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

के गर्भावस्थामा यौनसम्बन्ध राख्नु सुरक्षित छ ?

के गर्भावस्थामा यौनसम्बन्ध राख्नु सुरक्षित छ ?
प्रतीकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । तपाईको पार्टनरसँग गर्भावस्थाको कुनै पनि चरणमा यौन सम्बन्ध राख्दा कुनै पनि खतरा नहुने अध्ययन बताउँछ । तर पनि गर्भवती भएपछि गर्भवती महिलाले धेरै सावधानी अपनाउनु भने पर्छ नै । गर्भको अवस्था र गर्भवती महिलाको अवस्था हेरेर गर्भावस्थामा यौनसम्बन्ध राख्नु सुरक्षित मानिन्छ ।

श्रीमान श्रीमतीबीचको सम्बन्ध बलियो बनाउनका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ । यौन दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो । सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्धविच्छेदको कारणमध्ये एक उनीहरु बिचको खराब यौन–जीवन पनि हो । यद्यपि दम्पतीबीच हुने यौनसम्बन्धको पनि आफ्नै सीमा र सर्तहरु छन् । जस्तो कि, यौन क्रियाका लागि दुबैको उत्सुकता र सहभागिता हुन आवश्यक हुन्छ ।

कतिपय क्षणमा महिलाहरु विभिन्न शारीरिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । त्यस्तो बेला यौन सम्पर्क गर्दा उनीहरुलाई पीडा हुनसक्छ । तसर्थ यौन सम्बन्धका लागि समय अनुकुल हुनुपर्दछ । जसमध्ये एक चरण गर्भावस्था हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने जिज्ञासा धेरै दम्पतीमा हुने गरेको पाइन्छ । गर्भावस्थामा महिलामा शारिरिक साथै मानसिक परिवर्तनहरु देखा पर्दछ । त्यस्तोबेला महिला मानसिक र शारीरिक रुपले स्वस्थ, तन्दुरुस्त, खुसी र सुखी हुन जरुरी हुन्छ ।

गर्भावस्थाको सममयमा खासगरी हर्मोन्सको परिवर्तनका कारण महिलालाई सम्भोग गर्ने इच्छा तिब्र हुन्छ । तर, महिलाको शारीरिक अवस्था जटिल एवं संवेदनसिल छ भने यौन सम्पर्क गर्दा असुरक्षित हुन्छ । अर्को जिज्ञासा तपाई मनमा उठ्न सक्ला, कुन महिनामा यौन सम्पर्क गर्नु सुरक्षित हुन्छ त ? पहिलो तीन महिनामा यौन सम्पर्क गर्दा गर्भपातको जोखिम बढ्छ । त्यसैले यतिबेला गरिने यौन सम्पर्क असुरक्षित हुन्छ । यसका साथै नवौ महिनामा पनि शारीरिक सम्पर्क गर्नु उचित नहुने चिकित्सहरु बताउँछन् । यसबीचमा भने संयमित ढंगले यौन सम्पर्क गर्न सकिन्छ ।

यी कारणहरु भएमा गर्भावस्थामा यौनसम्बन्ध राख्नु हुँदैनः

–अत्याधिक रक्तश्राव भएमा।

–यदि गर्भवती महिलाको एम्नियोटिक तरल पदार्थ बगिरहेमा।

– गर्भको अवस्था कम्जोर भएमा ।

–यदि तपाईको योभन्दा अगाडी पनि गर्भपात भएको भएमा ।

–यदि तपाईको गर्भमा एकभन्दा बढी बच्चा भएमा ।

– गर्भवती महिलाको पेट दुखिरहेमा ।