२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने



अ+ अ-

काठमाडौं । प्रीमनसुन जगाउँदै अबको एकसाता देशव्यापी  रूपमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि बुलेटिनअनुसार  देशका सातै प्रदेशमा आउँदो  साता  बदली  र  वर्षाको सम्भावना रहेको छ । 

वर्षा शुक्रबारदेखि  राजधानी  उपत्यका  लगायत मुलुकका कतिपय भागमा आरम्भ भएको छ ।साताका  अधिकांश दिनमा  हिमाली  तथा पहाडी  भू–भागमा  आंशिकदेखि  सामान्य  बदली  रहने  भएको  हो । तराईका  भूभागमा  साताको  सुरु  र  अन्त्यमा  आंशिकदेखि  सामान्य  बदलीको  अवस्था रहनेछ । सो अवधिका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ । त्यस्तै साताको मध्यमा आंशिक बदली रही सामान्य मौसम रहने जनाइएको छ । कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका  पहाडी  भूभागमा  साताको  सुरु र अन्त्यताका थोरै स्थानमा मेघ गर्जन  चट्याङसहितको  हल्कादेखि  मध्यम वर्षा हुनेछ ।

त्यसैगरी  प्रदेश १, बागमती  प्रदेश  र  लुम्बिनी  प्रदेशका  पहाडी  भूभागमा साताको सुरु र अन्त्यको समयमा  थोरै  स्थानमा  मेघ  गर्जन  र  चट्याङसहितको  हल्का  वर्षाको  सम्भावना रहेको छ । यस साताभर हिमाल, पहाड र तराईका सबैजसो स्थानमा अधिकतम  तथा  न्यूनतम  तापक्रम हल्का वृद्धि हुनेछ । मौसमविद्  राजु  प्रधानाङ्गका अनुसार यतिबेला नेपालमा पश्चिमी वायु  र स्थानीय वायु  दुवै  सक्रिय  छन्  । प्रीमनसुनको  झन्डै  दुई  महिनासम्म  वर्षा  हुन  नसके  पनि  अबको केही दिन हुने हल्कादेखिको मध्यम वर्षाले राहत पुर्याउने उनले जानकारी दिए । गोरखापत्र दैनिकमा छ ।