६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप: भारत र न्युजिल्यान्ड भिड्दै, हार्दिकले आजको खेल गुमाउने



अ+ अ-

एजेन्सी । आईसीसी क्रिकेट विश्वकप २०२३ को २१ औँ खेलमा आज अपराजित भारत र न्युजिल्यान्ड आमनेसामने हुँदैछन् ।

आइतबार धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसोको २:१५ बजेबाट सुरु हुनेछ ।

न्युजिल्यान्डले साविक विजेता इंग्ल्याण्डलाई ९ विकेटले हराएर प्रतियोगिताको सुरुवात गरेको थियो । यस्तै, नेदरल्यान्ड्स ९९ रन, बंगलादेशलाई आठ विकेट र अफगानिस्तान १४९ रनले पराजित गरेको थियो ।

यता भारतले पनि अस्ट्रेलियालाई ६ विकेटले, अफगानिस्तानलाई आठ विकेट, कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई सात विकेट र बंगलादेशलाई सात विकेटले हराउदै विश्वकपमा अपराजित यात्रा गरेको छ ।

आजको खेल जित्दै न्युजिल्यान्ड र भारत दुबै आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ ।

भारतका स्टार अलराउन्डर हार्दिक पाण्ड्याले आजको खेल गुमाउनेछन् । बिहीबार बंगलादेशविरुद्धको खेलमा बलिङ गर्दा दाहिने खुट्टामा चोट लागेपछि उनी आजको खेलबाट बाहिर भएका छन् । उनको ठाउँमा कसले लिने भन्ने लाखौंको प्रश्न हो। भारतले उनको स्थानमा सूर्यकुमार यादव वा इशान किशनलाई खेलाउन सक्छ ।

यता, न्युजिल्यान्ड पनि कप्तान केन विलियम्सन बिना नै रहन्छ । विलियम्सन औंला भाँचिएपछि खेल बाहिर रहेका छन् । उनको स्थानमा टम लाथमले कप्तानी गरिरहेका छन् ।

हेड-टु-हेड
भारत र न्युजिल्यान्डले हालसम्म १ सय १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा भारतले ५८ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । सात खेल नतिजाविहीन र एउटा बराबरीमा सकिएको छ ।

भारतको सम्भावित प्लेईङ ११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), रविन्द्र जडेजा, सूर्यकुमार यादव/इशान किशन, शार्दुल ठाकुर/मोहम्मद शामी, जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद सिराज ।

न्यूजिल्याण्डको सम्भावित प्लेईङ ११
डेभोन कोनवे, विल यंग, ​​ रचिन रविन्द्र, टम लाथम (कप्तान र विकेटकीपर), डेरिल मिचेल, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, म्याट हेनरी, लोकी फर्ग्युसन, ट्रेन्ट बोल्ट ।